
१३ पुस, काठमाडौं । सरकराले सिराहा जिल्ला प्रशासन कार्यालयबाट जारी भएका ६ वटा नेपाली नागरिकता रद्द गर्ने निर्णय गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारकी प्रवक्ता तथा सञ्चारमन्त्री रेखा शर्माले बताइन् ।
‘झुट्टा विवरण पेश गरी जिल्ला प्रशासन कार्यालय सिराहाबाट प्राप्त गरेका ६ वटा नेपाली नागरिकताका प्रमाणपत्र रद्द गरी निजहरुलाई नेपाली नागरिकबाट हटाउने निर्णय भएको छ’, मन्त्री शर्माले भनिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4