+
+

भ्वाइसमा भक्कानिए राजेशपायल, ‘वारि जमुना, पारि जमुना’ले माहोल मर्मस्पर्शी

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १४ गते १२:२०

काठमाडौं । ‘भ्वाइस अफ नेपालको सिजन ५’ मा अन्तिम सातको समीकरण तयार भएको छ । शुक्रबारको पछिल्लो एपिसोडबाट टीम उदय सोताङका प्रतिस्पर्धी विवेक बस्नेत बाहिरिएका छन् ।

भ्वाइसको जारी सिजनका निकै बलिया प्रतिस्पर्धी मानिएका सिक्किमका बस्नेत बाहिरिंदा स्टेजको माहोल मर्मस्पर्शी देखियो । कोच उदयले त विवेक बाहिरिएको घोषणा लगत्तै मञ्चमा उक्लिएर आफ्नो ज्याकेट नै उपहार दिए ।

‘मेरो छोरा भनेपनि, भाई भनेपनि, सम्मानस्वरुप यो दिंदैछु । यो भनेको तिमीलाई जहिले पनि न्यानो होस् । म छु’ बिदाइको गिफ्टको रुपमा ज्याकेट दिँदै उदयले भने । उनलाई गिटार पनि दिइयो ।

भ्वाइसको लाइभ राउण्डमा कम भोट ल्याउने प्रतिस्पर्धी बाहिरिइरहेका छन् । शनिबारको एपिसोडबाट पनि थप एक प्रतिस्पर्धी बाहिरिनेछन् । शुक्रबार सबै प्रतियोगीले दमदार प्रस्तुति दिएका थिए ।

कोच राजेशपायल राईका ट्यालेन्ट मकरबहादुर योञ्जनले दिवंगत गायक खेमराज गुरुङको चर्चित गीत ‘वारि जमुना पारि जमुना’ गाउँदा भ्वाइसको माहोल एकाएक भावुक बन्यो । राजेशपायलले आफूलाई सम्हाल्न सकेनन् र उनी लामै समय भक्कानिए ।

यो गीतमा स्वयम योञ्जन पनि रोए । कोच मिलन नेवारले पनि आँसु बगाइन् । राजेशपायललाई सम्हाल्न मकर नै स्टेजमा पुग्नुपरेको थियो । शनिबारको एपिसोड थप रोचक हुने अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?