+
+

प्रधानमन्त्री कपमा कर्णाली सबै ७ खेलमा पराजित

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १४ गते १६:३८

१४ पुस, काठमाडौं । प्रधानमन्त्री कप महिला टी–२० प्रतियोगितामा मधेश प्रदेशसँग ७८ रनले पराजित हुँदै कर्णाली जितविहीन हुँदै प्रतियोगिता अन्त्य गरेको छ ।

मधेशको जितमा पूजा महतोले अलराउन्डर प्रदर्शन गरिन् । ब्याटिङमा ४९ रन बनाएकी उनले बलिङमा ४ विकेट लिइन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको मधेशले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ९९ रन बनाएको थियो ।

१०० रनको लक्ष्य पछ्याएको कर्णाली ९.३ ओभरमा २१ रनमा अलआउट भयो । कर्णालीका लागि बिना थापाले सर्वाधिक १२ रन बनाउँदा ९ खेलाडी शून्यमा आउट भए ।
मधेशका लागि पूजा महतोले ४, सरस्वती कुमारी चौधरीले ३, आरती महतोले २ र कविता गौतमले १ विकेट लिए ।

पहिले ब्याटिङ गरेको मधेशका लागि ओपनर पूजा महतोले ५० बल खेलेर ४९ रन जोड्ने क्रममा ६ चौका प्रहार गरिन् । सरस्वती कुमारी चौधरीले १८ रन बनाइन् । अन्य कुनैले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

कर्णालीका लागि तिर्सना विश्वकर्माले सर्वाधिक २, अञ्जु गुरुङ र बिना थापाले १/१ विकेट लिए ।

प्रधानमन्त्री कप महिला क्रिकेटमा कर्णालीले खेलेका सबै ७ खेलमा हार ब्यहोरेको छ । मधेशले भने ७ खेलमा ३ जित र ४ हार ब्यहोरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?