+
+

राष्ट्रपति र प्रधानमन्त्रीको फोटो राख्न हर्क साम्पाङले मानेनन्

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १७ गते १५:४३

१७ पुस, काठमाडौं । धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ र सुनसरीका राजनीतिक दलका भातृ संगठनबीच सहमति अन्तिम चरणमा पुगेर भंग भएको छ ।

मेयर साम्पाङले १२ पुसमा आफ्नो कार्यकक्षबाट प्रधानमन्त्री र राष्ट्रपतिको फोटो हटाएको विषयमा छलफल गर्न नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जसपा सहित दलका युवा, विद्यार्थी तथा महिला संगठनका कार्यकर्ता धरानमा फोटो बोकेर पुगेका थिए । उनीहरुले मेयरको कार्यकक्षमा फोटो राख्न माग गरेका थिए तर मेयर साम्पाङले २० पुसमा मनाउने धरान डेमा प्रधानमन्त्री आउनुपर्ने माग गरेका थिए ।

जवाफमा राजनीतिक दलका प्रतिनिधिले प्रधानमन्त्रीलाई निमन्त्रणा गर्न धरानका प्रतिनिधिलाई प्रधानमन्त्री कार्यालयसम्म लैजाने र फिर्ता ल्याउने कामको व्यवस्थापन गर्ने आश्वासन दिएका थिए ।

तर मेयर साम्पाङले राजनीतिक दलहरुले नै धरान आउन चिठी पठाउनुपर्ने र त्यसको सार्वजनिक रुपमा जानकारी गराउनुपर्ने शर्त राखेका थिए । ‘प्रधानमन्त्रीलाई धरानको महत्व बुझाउनको लागि पनि यति गर्नुपर्छ, एकदिन धरान नगरमा पाइला राख्दिनु भन्दा पनि नभ्याउने उहाँ, अरु सहरमा त महिनाको दुई–तीन चोटी आवतजावत हुन्छ त । यो धरानबासीको अपमान हो’, साम्पाङले दलका कार्यकर्ताहरुलाई भने ।

प्रधानमन्त्री आउने जानकारी नभएसम्म फोटो नराख्ने मेयर राईको अडानपछि दलका नेता कार्यकर्ता फर्किएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?