+
+

गैरकानूनी सम्पत्तिको मुद्दामा इन्जिनियर गुप्ता दोषी ठहर

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १७ गते २०:१२

१७ पुस, काठमाडौं । विशेष अदालतले गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा अवकाशप्राप्त इञ्जिनियर काशीप्रसाद गुप्तालाई दोषी ठहर गरेको छ ।

विशेष अदालतका सदस्यहरु डा. खुसीप्रसाद थारु, रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले गुप्तालाई ९ महिना कैद हुने फैसला गरेको हो ।

१६ करोड ७२ लाख रुपैयाँ गैरकानूनी आर्जन गरेको अभियोग लागेका उनलाई विशेष अदालतले २ करोड १६ लाख गैरकानुनी आर्जन गरेका ठहर गर्दै त्यति सम्पत्ति जफत गर्न आदेश दिएको छ । थप २ करोड १६ लाख रुपैयाँ जरिवाना हुने आदेशसमेत गरेको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले बताए ।

२५ भदौ २०७७ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शहरी विकास तथा भवन निर्माण विभागका अवकाशप्राप्त सिनियर डिभिजनल इञ्जिनियर काशीप्रसाद गुप्ता र उनकी पत्नी मीता गुप्ताविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

अख्तियारले उनीहरुको सम्पत्ति लुकाएको आरोपमा अञ्जुकुमारी महतो, उदितनारायण प्रसाद रौनियार, चन्देश्वर महतो, धीरजकुमार गुप्ता, प्रितिकुमारी गुप्ता, डा. रचनाप्रसाद शाह, विकासप्रसाद गुप्ता, विनयकुमार सिंह, विभा रानी, संगीता साह रौनियार र सन्तोषकुमार गुप्ता विरुद्ध समेत मुद्दा दायर गरेको थियो ।

काशीबाहेक अरु आरोपितले सफाइ पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?