+
+

ग्लोबल आईएमई बैंकद्वारा लुम्बिनी र कर्णाली प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १९ गते १८:०४

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले १७औं वार्षिकोत्सवको अवसरमा लुम्बिनी र कर्णाली प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

लुम्बिनी प्रदेश अन्तर्गत पाल्पाको रैनादेबी छहरा गाउँपालिका–४ स्थित छहरा स्वास्थ्य चौकी र कर्णाली प्रदेश अन्तर्गत सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१३ जर्बुटा स्वास्थ्य चौकीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

लुम्बिनी प्रदेशमा २०० र कर्णाली प्रदेशमा १५० भन्दा बढी महिलाहरुले आफ्नो स्वास्थ्य चेकजाँच गराएको बैंकको भनाइ छ ।

१७ पुसरदेखि ग्लोबल आईएमई बैंक १७ औं वर्ष पूरा गरी १८ औं वर्षमा प्रवेश गरेको छ ।

उक्त अभियानअन्तर्गत बैंकले नेपाल परिवार नियोजन संघसँगको सहकार्यमा सातवटै प्रदेशहरुमा एकदिने निःशुल्क महिला स्वास्थ्य शिविर सञ्चालन गरिरहेको छ ।

शिविरमा स्त्रीरोग विज्ञहरुले स्त्रीरोगसम्बन्धी विभिन्न सेवाहरु– महिलाको स्वास्थ्य परिक्षण, पाठेघरको क्यान्सर (भीआईए) परीक्षण, गर्भाशय प्रोल्याप्स केसको उपचार, औषधि वितरण लगायतका सेवाहरु निःशुल्क रुपमा उपलब्ध गराइएको बैंकले जनाएको छ ।

बैंकका अनुसार प्रत्येक शिविरबाट पाठेघरको क्यान्सरको प्रारम्भिक लक्षण पत्ता लागेका र पाठेघरको क्यान्सरको गम्भीर बिरामी पहिचान गर्नेछ, जसलाई स्वस्थ नारी पहल कार्यक्रमको दोस्रो चरणमा शल्यक्रिया गरी उपचार गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?