+
+

१३ वर्षदेखि अलपत्र बागमतीको बडहर्वा पुल बनाउन माग गर्दै धर्ना

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १९ गते १९:५३

१९ पुस, जनकपुरधाम । हुलाकी राजमार्ग अन्तर्गत सर्लाही र रौतहट जोड्ने गरी बागमती नदीमा बनाउन थालेको बडहर्वा पुलको काम अविलम्ब पूरा गर्न माग गर्दै स्थानीयबासिन्दाले धर्ना दिएका छन् ।

रौतहटको गौर–चन्द्रपुर सडक खण्डको बम नहरमा प्रदेश सांसद नागेन्द्र साहको नेतृत्वमा स्थानीयबासिन्दाहरु धर्ना बसेका हन् ।

दुर्गा भगवती गाउँपालिका ५ बडहर्वास्थित बागमती नदीमा निर्माणाधीन पुल१३ वर्षदेखि अलपत्र छ । २०६७ सालमा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल तथा भौतिक निर्माण तथा यातायात मन्त्री विजयकुमार गच्छदारले संयुक्त रुपमा उक्त पुलको शिलान्यास गरेका थिए ।

निर्माण कार्यले गति नलिँदा स्थानीयबासिन्दाले पटक पटक सम्बन्धित निकायमा ध्याणाकर्षण गराउँदै आएको प्रदेश सांसद साहले बताए । तर पनि माग पूरा नभएकाले धर्ना बस्न बाध्य भएको नेपाली कांग्रेस मधेश प्रदेश समितिका प्रचारविभाग प्रमुख नितिश गुप्ताले बताए । गुप्ता बहडर्वाकै बासिन्दा हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?