+
+

सौर्य सिमेन्टले प्रिमियममा आईपीओ जारी गर्न धितोपत्र बोर्डमा दियो निवेदन

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २० गते १७:३६

२० पुस, काठमाडौं । सौर्य सिमेन्ट कम्पनीले आईपीओ जारी गर्न स्वीकृति माग गर्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । सौर्यले स्थानीय र सर्वसाधारणका लागि कुल १ करोड ५९ लाख ८१ हजार ५ सय कित्ता सेयर निष्कासन गर्न स्वीकृति  मागेको हो ।

यस कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रवन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ छ । कम्पनीले अंकित मूल्य १ सय रुपैयाँमा प्रिमियम १६४ रुपैयाँ ५१ पैसा थप गर्दै प्रतिकित्ता २६४ रुपैयाँ ५१ पैसामा आईपीओ जारी गर्न निवेदन दिएको हो । कुल ४ अर्ब २२ करोड ७२ लाख रुपैयाँ कम्पनीले आईपीओ निष्कासनमार्फत जुटाउने लक्ष्य लिएको छ । कम्पनीले रेटिङ कम्पनी इन्फोमेरिक्स रेटिङ नेपालबाट ट्रिपल बी माइनस रेटिङ पाएको छ ।

यो रेटिङले समयमै कम्पनी आफ्नो दायित्व वहन गर्न सक्ने क्षमता रहेको, मध्यम सुरक्षा स्तरको प्रस्ट्याउँछ । कम्पनीले सौर्य ब्राण्डमा ४३ र ५३ ग्रेडको ओपीसी सिमेन्टका साथै पीपीसी सिमेन्ट उत्पादन गर्दै आएको छ । सिराहाको मिर्चैयामा अवस्थित यस उद्योगको दैनिक ३ हजार टन क्लिंकर उत्पादन क्षमता छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?