+
+

२०२२ अंकमा झर्‍यो सेयर बजार, सबै समूह घट्दा हाइड्रोपावर बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २२ गते १५:१५

आइतबार सेयर बजारको परिसूचक नेप्से अघिल्लो कारोबार दिनको तुलनामा २६.३६ अंक घटेको छ । सो अंकको गिरावटपछि नेप्से २०२२.९ अंकमा कायम भएको छ ।

कारोबार रकम केही घटेको छ । अघिल्लो दिन ५ अर्ब ५८ करोडको कारोबार भएकोमा आइतबार ५ अर्ब २४ करोडमा खुम्चिएको छ । कुल ८१ कम्पनीको मूल्य बढ्दा १५९ को घट्यो भने ६ को स्थिर रह्यो ।

यस दिन सबै समूह घट्दा हाइड्रोपावर समूह बढेको छ । खासगरी मुलुकको विद्युत् निर्यातका लागि भारतसँग भएको सहमतिले हाइड्रोपावर समूहमा सकारात्मक माहोल सृजना भएको छ । हाइड्रोपावर समूह १.०३ प्रतिशत बढ्यो । बैंकिङ १.८, विकास बैंक १.१, फाइनान्स १.३, लगानी १.९, जीवन बीमा २.४, उत्पादन १.६, माइक्रोफाइनान्स ०.४, निर्जीवन बीमा १.६, अन्य १.८ र ब्यापार समूह २.१ प्रतिशत घटे ।

तेह्रथुम पावर, मुक्तिनाथ कृषि कम्पनी, नेपाल वेयरहाउजिङ कम्पनी, धौलागिरि लघुवित्त र सिंगटी हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो । त्यस्तै नेपाल हाइड्रो डेभलपर्स, माथिल्लो मैलुङखोला जलविद्युत्, विन्ध्यबासिनी हाइड्रोपावरको मूल्य साढे ९ प्रतिशतभन्दा धेरै बढ्यो । मानुसी लघुवित्तको मूल्य सबैभन्दा धेरै ६.६ प्रतिशत घट्यो ।

नेपाल रिपब्लिक मिडियाको ६.४, शुभम पावरको ६.३, चिरख्वा हाइड्रोपावरको ५.६ प्रतिशत मूल्य घट्यो । कारोबार रकमका आधारमा सोनापुर सिमेन्ट, हाथवे इन्भेस्टमेन्ट कम्पनी, माउन्टेन इनर्जी, नेपाल इन्फ्रास्ट्रक्चर, सिनर्जी पावर क्रमशः अगाडि रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?