
२२ पुस, जनकपुर । नेकपा एमालेले राष्ट्रियसभामा मधेश प्रदेशको पनि उम्मेदवार टुंगो लगाएको छ । प्रदेश सचिव मनोज पौडेलका अनुसार, उषा चौधरी र अर्जुन सिंह उम्मेदवार बन्ने भएका छन् ।
‘नाम टुंगो लागेको छ, अब यो नाम फेरिदैन’, पौडेलले भने । आगामी ११ माघमा हुने राष्ट्रियसभा चुनावका लागि भोलि मनोनयन दर्ता हुँदैछ ।
एमालेले चुनाव हुने १९ वटै पदमा उम्मेदवारी दिने तयारी गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4