+
+

माउन्टेन इनर्जीले घोषणा गर्‍यो बोनस सेयर

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २३ गते १०:०९

२३ पुस, काठमाडौं । माउन्टेन इनर्जी नेपालले सेयरधनीलाई बोनस सेयर घोषणा गरेको छ ।

कम्पनीको आइतबार साँझ बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षसम्मको नाफाबाट सेयरधनीलाई १५ प्रतिशत सेयर बोनस र सोमा कर प्रयोजनार्थ ०.७८९५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

यो लाभांश प्रस्ताव आगामी वार्षिक साधारणसभामा लगिने कम्पनीले एक सार्वजनिक सूचनामार्फत जानकारी दिएको छ ।

गत वर्ष कम्पनीले सेयरधनीलाई १०.५३ प्रतिशत नगद लाभांश दिएको थियो । आइतबार बजार बन्द हुँदा कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६८६ रुपैयाँ ३० पैसा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?