२३ पुस, विराटनगर । राष्ट्रिय सभा चुनावका लागि नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौलाले कोशी प्रदेशमा मनोनयन दर्ता गरेका छन् ।
उनले कोशी प्रदेशको राजधानी विराटनगरमा मनोनयन दर्ता गरेका हुन् । उनको प्रस्तावका प्रदीप सुनुवार र समर्थकमा हिमाल कार्की छन् ।
गत प्रतिनिधि सभा चुनावमा राप्रपाका राजेन्द्र लिङदेनसँग पराजित भएका सिटौला राष्ट्रिय सभा चुनावमा उठेका हुन् ।
सत्ता गठबन्धनले कोशी प्रदेशबाट खाली हुने राष्ट्रिय सभा सदस्यमा कांग्रेस र माओवादीले पाउने गरी भागबण्डा गरेको थियो ।
जस अनुसार नेकपा माओवादी केन्द्रकी चम्पा कार्कीले पनि सिटौला लगत्तै मनोनयन दर्ता गरेकी छन् ।
एमालेले यहाँ रुक्मिणी कोइराला र परशुराम अधिकारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4