+
+

एमालेका उम्मेदवार राजपुतको नाम मतदाता नामावलीमा भेटिएन, मनोनयन दर्ता नगरी फर्किए

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २३ गते १३:४०

२३ पुस, काठमाडौं । नेकपा एमालेबाट राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराउन प्रदेश निर्वाचन कार्यालयमा पुगेका अर्जुन सिंह राजपुतको मतदाता नामावलीमा नाम नभेटिएपछि फर्किएका छन् ।

मधेश प्रदेशमा अन्य समूहबाट उनी उम्मेदवारी दिन आएका थिए । एमालेले उनलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

उनको स्थानमा अन्य समूहबाटै विजेता झाले उम्मेदवारी दर्ता गराउने एमालेका केन्द्रीय सदस्य सञ्जिव झा सुरजले जानकारी दिए ।

मधेश प्रदेशबाट रिक्त अन्य र महिला गरी दुई सिटमा राष्ट्रिय सभा सदस्यका लागि निर्वाचन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?