+
+

कांग्रेसको उम्मेदवार छनोटमा केसीद्वयको पनि फरक मत

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २३ गते १५:२३
अर्जुनरसिंह केसी

२३ पुस, काठमाडौं । नेपाली कांग्रेसको राष्ट्रियसभा सदस्यको उम्मेदवार छनोटमा दुई नेताले फरक मत राखेका छन् ।

कार्यसम्पादन समिति सदस्यद्वय बलबहादुर केसी र अर्जुनरसिंह केसीले लिखित रुपमै फरक मत राखेका हुन् । यसअघि महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको पनि फरक मत थियो ।

केसीद्वयले उम्मेदवार छनोटबारे १४ पुसमा केन्द्रीय कार्यसमितिले गरेको निर्णयको उल्लंघन भएको बताएका छन् । उम्मेदवार छनोटका लागि संसदीय बोर्ड अनिवार्य भएको भन्दै उनीहरुले भनेका छन्, ‘संसदीय बोर्डले विधानअनुसार आजसम्म पूर्णता पाएको छैन । यसबाट प्रक्रियागत गम्भीर त्रुटि र स्वेच्छाचारिता प्रष्ट देखिएको छ ।’

मधेश प्रदेशबाट मधेशी समुदायको प्रतिनिधित्व नभएको भन्दै कार्यसम्पादन समिति सदस्यद्वयले उम्मेदवार चयनमा एकाधिपत्य र चरम एकपक्षीय भएको बताएका छन् ।

हेर्नुहोस् केसीद्वयको फरक मत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?