+
+

सर्वोत्तमको आईपीओमा पहिलो दिन नै पर्‍यो अधिक आवेदन

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २५ गते १७:३०

२५ पुस, काठमाडौं । वैदेशिक रोजगारमा जानेहरुका लागि बुधबारदेखि बिक्री खुला भएको सर्वोत्तम सिमेन्टको प्राथमिक सेयर निष्कासनमा सम्पूर्ण कित्ताका लागि आवेदन परेको छ ।

कम्पनीले कुल २ लाख ६७ हजार कित्ता सेयर वैदेशिक रोजगारमा जानेहरुका लागि छुट्याएकोमा पहिलो दिन बुधबार नै ३ लाख ६५ हजार ५५० कित्ता माग गर्दै आवेदन परेको सीडीएस एण्ड क्लियरिङ कम्पनीले जनाएको छ । वैदेशिक रोजगारमा रहेका कुल ४ हजार ९०९ जना आवेदकले पहिलो दिन आईपीओमा आवेदन दिएका छन् ।

उनीहरुले आवेदन दिएको रकम १३ करोड १९ लाख २६ हजार ९९५ रुपैयाँ बराबर छ । आयोजना प्रभावित र स्थानीयका लागि बुधबारदेखि सर्वोत्तमको आईपीओ खुला भएको हो ।

वैदेशिक रोजगारमा रहेकाहरुले अनलाइन प्रणाली मेरो सेयरमार्फत आवेदन दिन सक्ने व्यवस्था भए पनि आयोजना प्रभावितलाई भने तोकिएको बैंकका शाखामा गई फारम भरेर बुझाउनुपर्ने बाध्यता छ । जसले गर्दा प्रभावितले दिएको आवेदनको तथ्यांक पछि मात्रै संकलन हुने गरेको छ । बुक बिल्डिङ पद्दतीबाट कम्पनीको आईपीओ मूल्य प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसा तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?