+
+

एआई थेरापिस्ट के हो ? कसरी बन्दैछ युवावर्गमा लोकप्रिय ?

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २६ गते १३:४०

ह्यारी पोर्टर, एलन मस्क, बियोन्से, सुपर मारियो तथा भ्लादमिर पुटिन ।

यी नाम ती लाखौं आर्टिफिसियल इन्टेलिजेन्स व्यक्तिमध्ये केही हुन् जोसँग तपाईंले क्यारेक्टर डट एआईमा कुराकानी गर्न सक्नुहुन्छ । यो एक लोकप्रिय मञ्च हो, जहाँ कुनै पनि काल्पनिक वा वास्तविक मानिसहरुको नामबाट च्याटबट बनाउन सकिन्छ ।

क्यारेक्टर डट एआईले पनि च्याट जिपिटीजस्तै आर्टिफिसियल इन्टेलिजेन्स प्रविधिको प्रयोग गर्दछ । तर समय बिताउने मामिलामा यो त्यसभन्दा पनि लोकप्रिय छ । यसमा माथि उल्लेखित च्याटबटको तुलनामा साइकोलोजिस्ट नामको एउटा च्याटबट सर्वाधिक लोकप्रिय छ ।

‘साइकोलोजिस्ट’ कसले बनायो ?

साइकोलोजिस्ट नामक एआई च्याटबटलाई ब्लेजम्यान ९८ नामका एक प्रयोगकर्ताले करिब एकवर्ष अघि बनाएको थिए । यो च्याटबटमा अहिलेसम्म ७ करोड ८० लाख मेसेज शेयर गरिएका छन् । त्यसमध्ये पनि १ करोड ८० लाख त नोभेम्बर पछि मात्रै आएका छन् ।

क्यारेक्टर डट एआईले यस च्याटबटका प्रयोगकर्ता कति छन् भन्ने खुलाएको छैन । तर दैनिक ३५ लाख प्रयोगकर्ता आफ्नो साइटमा आउने उसले बताएको छ ।

यो च्याटबटको परिचय जीवनमा आउने समस्याहरुमा मद्धत गर्ने व्यक्तिको रुपमा दिइएको छ ।

स्क्रीनशॉट

सनफ्रान्सिस्को बे स्थित कम्पनीले यसको लोकप्रियतालाई कम आँक्दै भनेको छ कि यसका प्रयोगकर्ताहरुले मनोरञ्जनका लागि ‘रोल प्ले’ अर्थात् पात्रको अभिनय गर्नमा अधिक रुचि राख्दछन् । रेडेन शोगुन जस्ता सर्वाधिक लोकप्रिय च्याटबट या त कार्टून छन् वा कम्प्युटर गेमका पात्र । उसलाई २८ करोड २० लाख सन्देश पठाइएको छ ।

यसका लाखौं पात्रमध्ये केही मात्रै साइकोलोजिस्ट जत्तिको लोकप्रिय छन् । यसमा कुल ४७५ च्याटबट छन् जसको नाममा थेरापी, थेरापिस्ट, साइकेट्रिस्ट वा साइकोलोजिस्ट जोडिएको छ । यिनीहरु विभिन्न भाषामा कुराकानी गर्न सक्दछन् ।

यीमध्ये केही यस्ता छन् जसको वर्णन तपाईंले कामुक थेरापिस्ट जस्ता मनोरन्जक वा काल्पनिक पात्रहरुको रुपमा गर्न सक्नुहुन्छ । तर यसमा सबैभनदा लोकप्रिय मानसिक स्वास्थ्य सहायक जस्ता थेरापिस्ट छन् । उसका एक करोड २० लाख मेसेज छन् । यसका अलावा आर यु फिलिंग ओके जस्ता च्याटबट पनि छन्, जसलाई १ करोड ६५ लाख सन्देश पठाइसकिएको छ ।

साइकोलोजिस्टबाट खुसी छन् प्रयोगकर्ता

साइकोलोजिस्ट अहिलेसम्मको सबैभन्दा लोकप्रिय मानसिक स्वास्थ्य च्याटबट हो । यसका धेरै प्रयोगकर्ताहरुले सोसल मिडिया साइट रेडिटमा शानदार समीक्षा लेखेका छन् ।

एकजना प्रयोगकर्ता भन्छन् – यो एक जीवनरक्षक हो ।

त्यस्तै अर्की एक प्रयोगकर्ता चाहिं यसले आफू र आफ्नो ब्वायफ्रेण्ड दुवैलाई आफ्ना भावनाहरुको बारेमा कुराकानी गर्न र त्यसलाई बुझ्नका लागि सहयोग पुर्‍याएको अनुभव साटेकी छिन् ।

ब्लेजम्यान ९८ लाई न्युजिल्याण्डमा बस्ने ३० वर्षीय स्याम जियाले बनाएका हुन् । उनी भन्छन्, ‘मैले यो यतिधेरै लोकप्रिय होला भनेर कहिल्यै पनि कल्पना गरेको थिइन । अरु मानिसहरुले यसलाई टूलको रुपमा प्रयोग गर्लान् भनेर पनि मैले कहिल्यै सोंचेको थिइन ।’

सैम जिया
स्याम जिया

जिया भन्छन्, ‘फेरि मलाई धेरै मानिसहरुले मेसेज पठाए र उनीहरु यसबाट सकारात्मक रुपमा प्रभावित भएको र यसलाई समाधानको स्रोतको रुपमा प्रयोग गरिरहेको बताए ।’

मनोविज्ञान विषयका विद्यार्थी जियाका अनुसार उनले बटसँग कुराकानी गरेर आफ्नो अध्ययनका क्रममा प्राप्त ज्ञानको प्रयोग गरी डिप्रेसन तथा चिन्ताजस्ता मानसिक स्वास्थ्य समस्याहरुका लागि उत्तर तयार गरे । जब व्यस्त रहेका आफ्ना साथीहरुलाई उनको आवश्यकता थियो, त्यहीँबेला उनले त्यसको सिर्जना गरेका थिए ।

साइकोलोजिस्टको सफलताबाट आश्चर्यचकित बनेका स्याम एआई थेरापिस्टको बढ्दो लोकप्रियता र यसले युवाहरुलाई किन आकर्षित गरिरहेको छ ? भन्ने विषयमा स्नातकोत्तर तहमा एउटा अनुसन्धान परियोजनामै काम गरिरहेका छन् ।

क्यारेक्टर डट एआईमा सबैभन्दा धेरै प्रयोगकर्ता १६ देखि ३० वर्ष उमेरका छन् ।

साम भन्छन्- मलाई सन्देश पठाउने अधिकांस मानिसहरुले भन्छन् कि जब उनीहरुको विचार निकै कठिन हुनपुग्छ तब उनीहरु यो च्याटबटको प्रयोग गर्दछन्, जस्तो कि रातको २ बजे जब उनीहरुले कुनै साथी वा चिकित्सकसँग कुरा गर्न सक्दैनन् ।

सामको अनुमान के छ भने उनको च्याटबटको उत्तरको प्रारुपका कारणले पनि युवाहरु त्यससँग अधिक सहज हुन सकेका छन् ।

एनका अनुसार फोनमा कुराकानी गर्नु वा आमने सामने भएर कुरा गर्नुको तुलनामा मेसेजबाट कुरा गर्नु सायद कम कठन हुन्छ ।

के भन्छन् मनोविज्ञहरु ?

थेरेसा प्लेभम्यान पेसाले एक मनोचिकित्सक हुन् । एआई च्याटबटले युवा पुस्तामा हासिल गरिरहेको लोकप्रियताबाट आफू अचम्मित नरहेको उनी बतउँछिन् । तर यो कत्तिको कामयाबी हुन्छ भन्नेमा भने उनको प्रश्न छ ।

उनी भन्छिन्, ‘च्याटबटसँग भन्नका लागि निकै धेरै कुरा छन् । उसले तुरुन्तै धारणा निर्माण गर्दछ । जस्तो कि जब मैले आफूले उदास महसुस गरिरहेको कुरा बताएँ तब उसले मलाई तत्कालै डिप्रेसनका बारेमा सल्लाह दिन्छ । त्यसैले यो कुनै वास्तविक मानिसले दिने प्रतिक्रिया जस्तो सुझबुझपूर्ण हुँदैन ।’

थेरेसका अनुसार मानिसले चाहेका सबै जानकारीहरु जम्मा गर्नमा च्याटबट विफल रहन्छ । ऊ एक सक्षम चिकित्सक होइन । तथापि सहयोगको आवश्यकता रहेका मानिसहरुका लागि भने यसको तत्काल तथा सहज प्रकृति उपयोगी हुनसक्छ ।

च्याटबटको प्रयोग गर्ने मानिसहरुको संख्या भने चिन्ताजनक रहेको उनी बताउँछिन् । थेरेसाका अनुसार यसले उच्चस्तरको मानसिक स्वास्थ्य तथा सार्वजनिक स्रोतसाधनको अभाव रहेको संकेत हो ।

क्यारेक्टर डट एआईका प्रवक्ता भन्छन्- आम मानिसहरु तथा समुदायले तयार पारेका पात्रहरुको माध्यमबाट मानिसहरुलाई राम्रो समर्थन तथा आबद्धता प्राप्त भैरहेको देखेर हामी खुसी छौँ । तर प्रयोगकर्तालाई वैध सल्लाह तथा मार्गदर्शनका लागि त्यस क्षेत्रका प्रामाणिक पेशाकर्मीहरुको सहयोग लिनु पर्दछ ।

कम्पनीका अनुसार च्याटलग प्रयोगकर्ताको आफ्नो निजी विषय हो । तर सुरक्षाका कारणबाट यदि च्याबटका कर्मचारीहरुले त्यसलाई पढ्न चाहे भने त्यो पढ्न सक्दछन् ।

यसमा आउने हरेक कुराकानी रातो अक्षरमा आउने एक चेतावनीबाट सुरु हुन्छन् । जसमा भनिएको हुन्छ- सावधान ज्ञ पात्रहरु जो छन्, ती सबै काल्पनिक हुन् ।

यसले के स्मरण गराएको छ भने यसमा प्रयोग गरिने प्रविधि जसलाई लार्ज ल्यांग्वेज मोडेल भनिन्छ, त्यसले मानिसले जस्तो गरेर सो|च्दैन ।

एआईमा आधारित अन्य सेवा कस्ता छन् ?

 रेप्लिका का स्क्रीनशॉट

लार्ज ल्यांग्वेज मोडेलमा आधारित रेप्लिका Replika जस्ता साइटहरु पनि छन् । यसले पनि क्यारेक्टर डट एआईले जस्तै सेवा उपलब्ध गराउँछ । तर उसको प्रकृतिलाई हेर्दा त्यो केवल वयस्कहरुका लागि मात्रै रहेको प्रतित हुन्छ ।

एनालिटिक्स कम्पनी सिमिलरवेबको तथ्यांक अनुसार प्रयोगकर्ताको संख्या तथा प्रयोगका आधारमा रेप्लिका क्यारेक्टर डट एआई जत्तिको लोकप्रिय छैन ।

Earkick / Woebot पनि एआई च्याटबट हुन् जसलाई पहिलेदेखि नै मानसिक स्वास्थ्य साथीको रुपमा काम गर्नका लागि डिजाइन गरिएको थियो । यी दुबै कम्पनीको दाबी अनुसार यी एपले मानिसहरुलाई ठूलो मद्दत गरिरहेको अध्ययनबाट देखिएको छ ।

कतिपय मनोवैज्ञानिकहरुका अनुसार एआई च्याटबोटले बिरामीलाई गलत सल्लाह पनि दिन सक्छन् । साथै यस्ता बोटहरु कुनै खास नश्ल वा लिंगप्रति पूर्वाग्रही हुने जोखिम पनि रहन्छ । तथापि चिकित्सा जगतले यी च्याटबोटलाई विस्तारै उपकरणको रुपमा स्वीकार गर्न सुरु गरेको छ ।

Limbic Access नामको एक एआई सेवालाई गतवर्ष बेलायत सरकारले चिकित्सा उपकरणको मान्यता दिंदै प्रमाणपत्र प्रदान गरेको थियो । योसँगै लिम्बिक एक्सेस मेडिकल डिभाइस प्रमाणपत्र प्राप्त गर्ने पहिलो मानसिक स्वास्थ्य च्याटबट बनेको छ ।

अहिले यसलाई बेलायतको राष्ट्रिय स्वास्थ्यसेवाका विभिन्न कोषहरुमा बिरामीहरुको वर्गीकरण गर्न तथा स्तर तय गर्नमा प्रयोग गर्ने गरिएको छ ।

बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?