+
+

प्रेमको चर्चाबीच अञ्जली अधिकारी भन्छिन्- समय आएपछि भन्छु

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १ गते १३:४२

काठमाडौं । म्युजिक भिडियोकी व्यस्त अभिनेत्री अञ्जली अधिकारी प्रेमको कारण चर्चामा छिन् । केही समयदेखि सामाजिक सञ्जालमा उनले एक युवकसँगको रोमान्टिक तस्वीर सेयर गरिरहेकी छन् ।

फेसबुक स्टोरीमा उनले केही समययता लगातार ती युवकसँगका अन्तरंग फोटो सार्वजनिक गरेपछि उनको प्रेमको चर्चा सुरु भएको हो । आइतबार पनि ती युवकसँगको रोमान्टिक फोटो इन्स्टाग्राममा सेयर गरेकी छन् ।

उक्त फोटोको क्याप्सनमा रातो मुटुको इमोजी उल्लेख गरेकी छन् । यो इमोजी र फोटोको भावले उनी प्रेममा छिन् भन्ने कुरा बुझ्न कठिन छैन । फोटोको कमेन्टमा पनि फ्यानले सुन्दर जोडी भन्दै प्रशंसा गरेका छन् ।

तर ती युवक को हुन् भन्नेबारे उनले खुलाएकी छैनन् । निकट स्रोतले पनि उनी ती युवकसँग प्रेम सम्बन्धमा रहेको दाबी गर्‍यो । केही मिडियासँगको कुराकानीमा पनि ‘समय आएपछि आफैं जानकारी गराउँछु’ भनेर बताएकी छन् ।

अधिकारीले अभिनय गरेका बोलमाया र गलबन्दी रुचाइएका गीत हुन् । उनले अभिनय गरेको पछिल्लो गीत ‘अरेली काँडैले’ सन् २०२४ मा युट्युबमा धेरै हेरिने गीतमध्ये पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?