+
+

मधेश सरकारको उपलब्धि सार्वजनिक कार्यक्रममा सत्ता गठबन्धनकै विरोध प्रदर्शन

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ३ गते १४:०६

३ माघ, जनकपुरधाम । मधेश प्रदेश सरकारले आफ्नो एक वर्षे उपलब्धि सार्वजनिक गर्ने कार्यक्रममा सत्ता गठबन्धनकै एक घटक जनमत पार्टीले विरोध प्रदर्शन गरेको छ ।

जनकपुरधामको महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्रमा मधेश सरकारले स्वाभिमान दिवस तथा एक वर्षे कार्य विवरण सार्वजनिक कार्यक्रम आयोजना गरेको थियो ।

उपलब्धि सार्वजनिक नगरिरहँदा सत्ता गठबन्धनकै जनमत पार्टीका नेताहरुले भने विरोध प्रदर्शन गरे । उनीहरुले ‘साइकल चोरलाई कारबाही गर’, ‘भ्रष्ट सरकार मुर्दावाद’ लगायतका नारा लगाउँदै प्रदर्शन गरेका हुन् ।

कार्यक्रमको बिचमै जनमतका नेता-कार्यकर्ताहरूले प्रदर्शन गर्दा खैलाबेला मच्चिएको थियो । त्यसपछि मुख्यमन्त्री सरोजकुमार यादवले ‘साइकल काण्ड हमारे पालामे थोरही न हुवा है’ (साइकल काण्ड हाम्रो पालामा भएको थिएन) भनेका थिए ।

यद्यपि उनले आफ्नो एक वर्षे कार्यकालमा भएका उपलब्धिका विवरणहरु २२ पृष्ठमा सार्वजनिक गरे ।

२९ पुसमा जसपाका सरोजकुमार यादवले मुख्यमन्त्रीको पद तथा गोपनीयताको शपथ लिएका थिए । एक वर्षे उपलब्धि सार्वजनिक कार्यक्रमपछि अब त्यही हलमा जसपा अध्यक्ष उपेन्द्र यादवको प्रमुख आतिथ्यमा प्रदेश सरकारले स्वाभिमान दिवस मनाउन थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?