+
+

प्रतिकूल मौसमले धनगढीको हवाइ सेवा प्रभावित,श्री एयरलाइन्सको विमान काठमाडौँ फर्कियो

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ३ गते २०:१५

३ माघ, धनगढी । प्रतिकूल मौसमका कारण धनगढी विमानस्थलको हवाई सेवा प्रभावित भएको छ । बुधबार बुद्ध एयरको विमानले काठमाडौँ-धनगढीको उडान गरे पनि प्रतिकूल मौसमका कारण अन्य उडान भने अवरुद्ध भएका छन् ।

काठमाडौंबाट धनगढीका लागि दिउँसो १ बजेर ३१ मिनेटमा उडेको श्रीएयरलाइन्सको जहाज खराब मौसमका कारण धनगढी विमानस्थलमा अवतरण गर्न नसकेर नेपालगञ्ज डाइभर्ट गरिएको थियो ।

श्री एयरलाइन्स धनगढीका प्रमुख गजेन्द्रबहादुर शाहीले बिहान ७ :४० बजे उड्नुपर्ने जहाज खराब मौसमका कारण दिउँसो उडेपनि खराब मौसमका कारण आकाशमा ४५ मिनेट फन्को मारेर नेपालगञ्ज डाइभर्ट भएको जानकारी दिए ।

उनका अनुसार नेपालगञ्ज विमानस्थलमा अवतरण गरेको विमान मौसम नखुलेपछि उतैबाट काठमाडौँ फर्किएको छ ।

बुद्ध एयरले भने बिहान १० बजेर २० मिनेटको उडान भरेको थियो तर मौसम बिग्रिएपछि साँझ ४ बजे र ६ बजेको उडान रद्द गरिएको बुद्ध एयरका धनगढी प्रमुख बुधराम माझीले जानकारी दिए । उनका अनुसार बाक्लो हुस्सुका कारण भिजिविलिटी कम भएपछि काठमाडौँबाटै बुद्धको विमान नउडेको हो ।

धनगढीमा बुधबार बिहानैदेखि बाक्लो हुस्सु लागेको थियो । पछिल्लो केही दिनयता प्रतिकूल मौसमका कारण धनगढी विमानस्थलको उडान सेवा प्रभावित हुँदै आएको छ ।

बाक्लो हुस्सु र शितलहरका कारण चिसो बढेपछि जनजीवन समेत प्रभावित भएको छ ।

जल तथा मौसम विज्ञान विभाग फिल्ड कार्यालय अत्तरियाका अनुसार बुधबार धनगढीको न्यूनतम तापक्रम ५.६ डिग्री सेल्सियस मापन गरिएको छ । यो अहिलेसम्मकै सबैभन्दा कम चिसो मापन गरिएको फिल्ड कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?