+
+

जाभी भन्छन् – खेलाडीहरूले विश्वास गुमाएमा म मेरो झोला प्याक गर्छु

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ४ गते ७:४५

४ माघ, काठमाडौं । स्पानिस क्लब बार्सिलोनाका प्रशिक्षक जाभीले यदी खेलाडीले आफूप्रति विश्वास गुमाएमा आफूले झोला प्याक गर्ने र क्लब छाड्ने बताएका छन् ।

स्पानिस सुपर कपको फाइनलमा आइतबार बार्सिलोना चिरपरिचित प्रतिद्वन्द्वी रियल मड्रिडसँग ४-१ ले पराजित भएको थियो । यस्तै ला लिगामा चौथो स्थानमा रहेको बार्सिलोना शीर्ष स्थानको जिरोनाभन्दा ८ अंकले पछि छ ।

‘म यो क्लबलाई माया गर्छु । म केही उपलब्धिका लागि यहाँ आएको हुँ । यदी मैले गर्न सकिन भने म घर जान्छु ।’ सन् २०२१ नोभेम्बरमा बार्सिलोनाको प्रशिक्षक बनेका जाभीले भने । ‘यदी मैले गत वर्ष ला लिगा नजितेको भए म यहाँ हुने थिइन् ।’

यस्तै उनले खेलाडीले विश्वास गुमाए आफूले क्लब छाड्ने समेत बताएका छन्  । ‘जुन दिन खेलाडीहरुले मलाई फलो गर्दैनन्, म झोला प्याक गर्नेछु र निस्कनेछु । यदि कसैले समस्या छ भनेर भने मैले छाड्नेछु ।’

खेलाडी छँदा जाभीले बार्सिलोनामा २५ उपाधि जितेका थिए । कतारी क्लब अल शाद छाडेपछि उनी प्रशिक्षक बनेर आफ्नो पुरानो क्लब फर्किएका हुन् ।

त्यस सिजन उनले बार्सिलोनालाई नवौंबाट दोस्रो स्थानसम्म पुर्‍याएका थिए भने २०२२-२३ मा आफ्नो प्रशिक्षणमा बार्सिलोनालाई ला लिगा जिताएका थिए ।

कोपा डेल रे को अन्तिम १६ मा बार्सिलोनाले तेस्रो श्रेणीको क्लब युनिओनिस्ताससँग बिहीबार खेल्नेछ । यस्तै बार्सिलोना च्याम्पियन्स लिगको अन्तिम १६ म पुगेको छ र नापोलीसँग खेल्नेछ ।

‘जब क्लब मालिकलले मलाई कतारबाट अनुबन्ध गरेका थिए, उनीहरुले क्लब इतिहासमै अहिलेसम्मकै खराब स्थितिमा भएको बताएका थिए । तर हामी त्यो कुरालाई परिवर्तन गर्ने प्रक्रियामा छौं,’ जाभीले भने, ‘म शान्त छु । हामीलाई जित्नका लागि तीन उपाधि छन् । हामी असफलताभन्दा सफलताको नजिक छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?