+
+

कतार एसियन कपको अन्तिम १६ मा प्रवेश

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ४ गते ७:५१

४ माघ, काठमाडौं । आयोजक कतार लगातार दुई खेल खेल्दै घरेलु मैदानमा भइरहेको एएफसी एसियन कपको अन्तिम १६ मा प्रवेश गरेको छ ।

समूह ए अन्तर्गत बुधबार राति भएको खेलमा साविक विजेतासमेत रहेको कतारले ताजिकिस्तानलाई १-० ले पराजित गरेको थियो ।

अल बायत स्टेडियममा भएको खेलमा कतारका लागि अक्रम अफिफले एक मात्र गोल गरे । उनले १७औं मिनेटमा गरेको गोल नै निर्णायक बनेको हो ।

लगातार दुई खेल जितेको कतार एक खेलअघि नै समूह ए को विजेता बन्ने पक्का भएको छ । दुई खेलबाट कतारको ६ अंकसहित शीर्ष स्थानमा छ । समान खेलबाट चीनको २ तथा लेवानोन र ताजिकिस्तानको समान एक/एक अंक छ ।

कतारले अब समूहको अन्तिम खेलमा चीनसँग खेल्नेछ ।

एसियन कपमा २४ टोली सहभागी छन् । जसलाई ६ समूहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष दुई टोली सीधै अन्तिम १६ मा प्रवेश गर्नेछन् । यस्तै तेस्रो हुने ६ मध्ये उत्कृष्ट ४ टोलीले पनि नकआउट चरणमा स्थान बनाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?