+
+

सिटौलाले १४ जिल्लामा मत माग्ने कार्य आज सकाउँदै

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ४ गते १६:३०

४ माघ, काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय सभाको उम्मेदवार बनाउने निर्णय लिएसँगै विराटनगर पुगेका नेता कृष्णप्रसाद सिटौला मत माग्न जिल्ला–जिल्ला पुगेका छन् ।

कोशीका १४ जिल्ला मध्ये ओखलढुङ्गा र सोलुखुम्बु बाहेकका जिल्लामा मत माग्न पुगिसकेका छन् । गठबन्धनबाट जितेका नगरपालिका प्रमुख र उपप्रमुख र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षसँग भेट गरेका छन् । भेटका लागि जिल्ला तहको निर्वाचन परिचालन समन्वय समितिले संयोजन गरेको छ ।

गठबन्धनका नेता जिताउन सत्ताघटक दलको केन्द्र देखि जिल्ला तहसम्म निर्वाचन परिचालन समन्वय समिति बनेको छ ।

‘राष्ट्रिय सभाको निर्वाचनका मतदाताहरुसँग भेट्दै हिड्नुभएको छ,’ कोशीका कांग्रेस महामन्त्री भूपेन्द्र राईले भने,‘कृष्ण दाइको भेटघाटको प्रवन्ध गठबन्धनको समन्वय समितिले गरेको छ ।’ । १४ वटै जिल्लाको भेटघाट आज नै सकिने झापाका जिल्ला सभापति देउमान थेबेले जानकारी दिए ।

सिटौलाको पक्षमा मत माग्न केन्द्रीय तहका नेताहरु पनि पुगेका छन् । नेता प्रदीप पौडेल बुधबारदेखि सिटौलासँगै मत माग्न सँगसँगै हिडेका छन् । खोटाङको कार्यक्रममा बिहीबार सहभागी भएका पौडेल ओखलढुङ्गा र सोलखुम्बुमा पनि पुग्ने प्रदेश महामन्त्री राईले जानकारी दिए उम्मेदवारी दर्ताका लागि पुस २२ गते साँझ सिटौला विराटनगर गएका थिए ।

उम्मेदवारी मनोनयन दर्ता गर्ने दिन पुस २३ मा महामन्त्री विश्वप्रकाश शर्मा, नेता शेखर कोइराला लगायत विराटनगर पुगेका थिए । सिटौलालाई जिताउन महामन्त्री शर्माले आत्मैदेखि साथ दिएको झापाका एक नेताले जानकारी दिए । सिटौलालाई निर्वाचनमा सघाउन महामन्त्री गगन थापा ९ माघमा विराटनगर आउने झापा जिल्ला सभापति थेबेले जानकारी गराए ।

निर्वाचन आयोगले ११ माघमा राष्ट्रिय सभामा रिक्त हुने १९ सांसदका लागि निर्वाचन गर्दैछ । कोशीमा गठबन्धनले अन्य समूहबाट सिटौलालाई उम्मेदवार बनाएको छ । महिला क्लष्टरको उम्मेदवार माओवादी केन्द्रबाट चम्पादेवी कार्की बनेकी छन् ।

गठबन्धनका साझा उम्मेदवार सिटौला र कार्की सँगसँगै मत माग्न जिल्ला जिल्ला पुगेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?