+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

चन्द्रागिरि नगरपालिकाले राख्यो पहिलो पटक नगर प्रहरी

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ४ गते १९:४९

४ माघ, काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिकाले पहिलो पटक नगर प्रहरी राखेको छ ।

सशस्त्र प्रहरी बलको सहयोगमा छनोट गरी २४ जना नगर प्रहरी राखिएको मेयर घनश्याम गिरीले जानकारी दिए ।

छनोट भएका नगर प्रहरीहरुलाई सशस्त्रका डीआईजी र प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालले बिहीबार दर्ज्यानी चिन्ह प्रदान गरे ।

‘हामीले २५ जना नगर प्रहरी राख्ने गरी आवेदन मागेर सशस्त्र प्रहरी बल मार्फत शारीरिक, लिखित र मौखिक परीक्षा लिइएको थियो । नगर प्रहरी प्रमुखका लागि मागिएको पद बाहेक सबै पदपूर्ति भएको छ,’ गिरीले भने ।

नगर प्रहरी प्रमुखको परीक्षामा भने कोही पनि उत्तीर्ण हुन नसकेको उनले बताए । यसका लागि पुनः आवेदन खोलिने उनले बताए ।

अहिले नगर प्रहरी सहायक निरीक्षक (असई) को कमाण्डमा टोली परिचालन हुने उनले बताए ।

राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा नगर प्रहरीहरुलाई २४ मंसिरदेखि तालिम दिन थालिएको थियो ।

तालिममा नगर प्रहरीहरुलाई अग्नि नियन्त्रण, आपतकालीन उद्धार, कार्यालय सुरक्षा, विशिष्ट व्यक्ति सुरक्षा, अतिथि सत्कार, ट्राफिक व्यवस्थापन, मानव अधिकार, ड्रिल, भूकम्प, हुल तथा दंगा व्यवस्थापन, अनआर्म कम्ब्याट, कानुन लगायतमा प्रशिक्षण दिइएको थियो । काठमाडौं महानगरपालिकाको समेत भ्रमण गराएको थियो ।

नगरप्रमुख घनश्याम गिरीले नगरपालिकाले नगर प्रहरीका लागि भ्यानको व्यवस्थापन गरिएको बताए । आगामी वर्ष मिनी ट्रक किनेर नगर प्रहरीलाई चुस्त पारिने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?