+

७ माघदेखि उपकुलपति कप, समय र स्थान तोकियो

२०८० माघ  ४ गते २०:१५ २०८० माघ ४ गते २०:१५
७ माघदेखि उपकुलपति कप, समय र स्थान तोकियो

४ माघ, काठमाडौं । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले ७ माघदेखि ११ गतेसम्म आयोजना हुने उपकुलपति कपको समय र स्थान तोकेको छ ।

निर्देशक प्रा.पशुपति अधिकारीले सूचना जारी गर्दै खेलाडी, प्रशिक्षक र टोली नेताहरुलाई उद्घाटन स्थल प्रशिक्षण केन्द्रमा उपस्थित हुन निर्देशन दिएका छन् । सो स्थानमा मार्च पास सहित उद्घाटन समारोह हुनेछ सूचनामा उल्लेख छ ।

निर्देशनालयको अनुसार भलिबल प्रतियोगिता जावलाखेल भलिबल प्रशिक्षण केन्द्रमा विहान ११ बजे, कीर्तिपुर नगरपालिकाको कभर्डहल नयाँ बजार दिउँसो १ बजे र टेबल टेनिस प्रतियोगिता त्रिभुवन विश्वविद्यालय खेल विज्ञान भवन (पुरानो विद्यार्थी क्लव, त्रिवि सेवा आयोग अगाडी) दिउँसो १ बजे हुनेछ ।

त्यस्तैगरी ब्याडमिन्टन प्रतियोगिता त्रिभुवन विश्वविद्यालय, स्मृतिभवन दिउँसो १ बजेदेखि, एथलेटिक्स प्रतियोगिता दशरथ रंगशाला माघ १० गते विहान ८ बजेदेखि हुने हुनेछ ।

प्रतियोगिता सञ्चालनको टाइसिट र खेलाडीहरुको विवरण पछि प्रकाशन गर्ने निर्देशनालयले जनाएको छ ।

 

उपकुलपति कप

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय