+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
148/4 (17.3)
VS
Sudurpaschim won by 6 wickets
जनकपुर बोल्ट्स 2025
145/8 (20)
Shares

कोशीमा ‘अनुसाशित चालक, सुरक्षित सडक’ अभियान सुरू

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ५ गते २०:०१

५ माघ, विराटनगर । कोशी प्रदेशमा अनुसाशित चालक, सुरक्षित सडक अभियान सुरू भएको छ ।

शुक्रबारदेखि मोरङ र झापाबाट ‘अनुसाशित चालक, सुरक्षित सडक’ अभियान सुरूवात भएको हो ।

कोशीका मुख्यमन्त्री केदार कार्कीले विराटनगरस्थित रानी र नेमुवामा एक साथ उक्त अभियानको सुरूवात  गरेका थिए ।

‘यो अभियानले नागरिकको जीवन बचाउ अभियानका रुपमा सुरु गरेका छौं,’ उनले भने, ‘बिना कारण सवारी दुर्घटनाबाट प्रदेशमा धेरैले अकालमा ज्यान गुमाईरहनुका साथै घाइतेको तथाङ्क पनि बढिरहेकाले सरकार गम्भीर भएर यो अभियान सुरू गरेको हो ।’

मुख्यमन्त्री कार्कीले सडकमा यात्रा गर्दा अनुसाशित भएर नियमको पालना गर्न प्रदेशवासीलाई आग्रह गरे  ।

कोशी प्रदेशमा दैनिक औसत ८ वटा दुर्घटनाको घटना हुने गरेको ट्राफिक प्रहरीको तथ्यांक छ । जसमा सरदर एक जनाले ज्यान गुमाउनुका साथै २ जना गम्भीर घाइते र १० जना सामान्य घाइते हुने गरेको ट्राफिक प्रहरीले जनाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?