+
+
Shares

फेब्रुअरी ३ मा टेक्सासमा ‘अब हाँस्छ अमेरिका’

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ५ गते २२:१७

काठमाडौं । यतिबेला ८ जना नेपाली हाँस्य कलाकारको टोली अमेरिका टूरमा छ । ‘अब हाँस्छ अमेरिका’ नाम दिइएको यो टूर विभिन्न अमेरिकी राज्यहरुमा आयोजना भैरहेको छ ।

यो सन्दर्भमा फेब्रुअरी ३ मा नेपाली बहुल टेक्सास राज्यको ड्यालसमा पनि टूर आयोजना हुने भएको छ । शनिबारको दिनमा एसएसलपीएस कन्फ्रेन्स एण्ड ब्यांक्विट सेन्टरमा ‘अब हाँस्छ अमेरिका’को टेक्सस संस्करण हुन लागेको हो ।

ड्यालसमा इभेन्ट म्यानेजमेन्ट कम्पनी फेम नेपालले कार्यक्रम आयोजना गरेको हो । ‘नेपाली हाँस्य कलाकारको हाँसोमा नेपाली डायस्पोरा हाँस्न तयार छ’ फेम नेपालका प्रमुख बिमल पछाइले अनलाइनखबरसँग भने, ‘उक्त दिनमा चर्चित नेपाली कलाकारले मनोरञ्जन दिनेछन् ।’

हास्य कलाकारहरु सन्दीप क्षेत्री, सुमन कार्की, भरतमणि पौडेल, मेक्सम गौडेल, कैलाश कार्की, सजन श्रेष्ठ, सुमन कोइराला र सन्तोष थापा यतिबेला टूरमा छन् ।

नर्थ क्यारोलिनादेखि सुरु भएको ‘अब हाँस्छ अमेरिका’ टूर थप १५ वटा सहरमा आयोजना हुने जनाइएको छ । टिभी रियालिटी शो कमेडी च्याम्पियनबाट उदाएका यी कलाकारले पहिलोपटक यति बृहत रुपमा विदेशमा शो गरिरहेका हुन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?