+
+

यू-१९ विश्वकपमा इंग्ल्यान्ड र पाकिस्तानको विजयी सुरुवात

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ६ गते २०:४५

६ माघ, काठमाडौ । दक्षिण अफ्रिकामा जारी आईसीसी यू-१९ विश्वकप २०२४ मा शुक्रबार इंग्ल्यान्ड र पाकिस्तानले विजयी सुरुवात गरेका छन् ।

नेपाल रहेको समूह डी को पहिलो खेलमा पाकिस्तानले अफगानिस्तानलाई १८१ रनको फराकिलो अन्तरले हरायो । २८५ रनको लक्ष्य पाएको अफगानिस्तान २६.२ ओभरमा १०३ रनमा अल आउट भयो । अफगानिस्तानका नौमान शाह २६, शोहेल खान र रहिमुल्लाह जुरमाती २०-२० रन बनाएर आउट भए ।

पाकिस्तानका तीव्र गतिका बलर उबेद शाहले ७ ओभरमा १ मेडनसहित २६ रन खर्चेर ४ विकेट लिए । मोहम्मद जिशानले ५ ओभरमा १ मेडनसहित १७ रन खर्चेर ३ विकेट लिए ।

बफेलो पार्क इस्ट लन्डनमा टस जितेर ब्याटिङ रोजेको पाकिस्तानले ५० ओभरमा ९ विकेट गुमाउँदै २८४ रन बनाएको थियो । पाकिस्तानका ओपनर शाहजैब खानले १२६ बलमा १० चौका र ३ छक्कासहित १०६ रन बनाए । कप्तान साद बेग ५२ बलमा ३ चौका र ४ छक्कासहित ५५ तथा रिआज उल्लाह ४९ बलमा ५ चौका र २ छक्कासहित ४६ रनमा आउट भए ।

अफगानिस्तानका खलिल अहमदले १० ओभरमा १ मेडनसहित ५१ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । बसिर अहमदले २ विकेट लिए ।

समूह बी को खेलमा इंग्ल्यान्डले स्कटल्यान्डलाई ७ विकेटले हरायो । १७५ रनको लक्ष्य इंग्ल्यान्डले २६.२ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्‍यो । इंग्ल्यान्डको जितमा ओपनर तथा कप्तान बेन म्याकिन्नीले ६८ बलमा १२ चौका र ३ छक्कासहित सर्वाधिक ८८ रन बनाए । अर्का ओपनर जेडन डेनलीले ४० र नोआह थैनले २२ रन बनाए । स्कटल्यान्डका इब्राहिम फैसलले २ र एदी हेग्डेले १ विकेट लिए ।

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको स्कटल्यान्ड ४९.२ ओभरमा १७४ रनमा अल आउट भएको थियो । स्कटल्यान्डका ओपनर जेमी डंकले ७० बलमा ३ चौकासहित ४० तथा कप्तान ओवेन गोल्डले ६१ बलमा ५ चौका र १ छक्कासहित ४८ रन बनाए । इंग्ल्यान्डका फरहान अहमद र ल्यूक बेंकेस्टीनले ३–३ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?