+
+

लगातार चौथो जितसँगै पुलिस शीर्ष स्थानमा, ललितले लिए ५ विकेट

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ८ गते १५:०५

८ माघ, भैरहवा । प्रधानमन्त्री कप क्रिकेटमा लगातार चौथो जित हात पार्दै नेपाल पुलिस क्लब अंक तालिकको शीर्ष स्थानमा उक्लिएको छ ।

प्रतियोगितामा अपराजित रहेको पुलिसले भैरहवामा भएको खेलमा एपीएफ क्लबलाई ५८ रनले हराएको हो ।

जितका लागि १४६ रनको सामान्य लक्ष्य पछ्याएको एपीएफ ३४ ओभरमा ८७ रनमा अलआउट भयो ।

४० रनमा ७ विकेट गुमाएको एपीएफका सन्दीप जोरा २५ रनमा नट आउट रहे पनि उनलाई साथ दिने ब्याटर भएनन् । अमर रौतेला २३ रनमा आउट भए । रौतेला र जोराले आठौं विकेटक लागि ४३ रनको साझेदारी गरे ।

एपीएफलाई हराउन उत्कृष्ट बलिङ गरेका ललित राजवंशीले ५ विकेट लिए । ८ ओभर बलिङ गरेका उनले ४ मेडन राख्दै ८ रन मात्र दिएका थिए । रशिद खानले २ तथा सागर ढकालले १ विकेट लिए ।

यसअघि पहिला ब्याटिङ गरे पुलिस ४१ ओभरमा १४५ रनमा अलआउट भएको थियो ।

पुलिसका लागि ओपनर दीलिप नाथले सर्वाधिक ४४ रन बनाए भने अर्जुन साउदले ३१ रनको योगदान गरे ।

एपीएफका भुवन कार्कीले ३ तथा रमेश कुर्मी र अमर रौतेलाले समान २ विकेट लिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?