+
+

सीमा सुरक्षालाई अझ प्रभावकारी बनाउन थप बिओपीहरु आवश्यकः महानिरीक्षक अर्याल

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ९ गते १९:३१

९ माघ, काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक राजु अर्यालले सीमा सुरक्षालाई अझ प्रभावकारी बनाउन थप बीओपीहरु आवश्यक रहेको बताएका छन् ।मंगलबार २३औं सशस्त्र प्रहरी दिवसको अवसरमा हलचोकमा भएको समारोहलाई सम्बोधन गर्दै महानिरीक्षक अर्यालले यस्तो बताएका हुन् ।

उनले भने, ‘ सशस्त्र प्रहरीको अध्ययनले सीमा सुरक्षालाई अझ प्रभावकारी बनाउन थप बिओपीहरु आवश्यक रहेको देखाउँछ । यसको लागि अत्याधुनिक केही उपकरणहरु थप जनशक्तिको अरिहार्यता छ ।’

उनले राज्यको चिनारी उक्त राज्यको सीमामा निहित हुने भन्दै सशस्त्र प्रहरीले राज्यको सीमा रक्षार्थ बोर्डर आउट लेटको स्थापना गरी कार्यसञ्चालन गरिरहेको बताए ।उनले सीमा सुरक्षालाई प्रभावकारी बनाउन थप बिओपीहरु, अत्याधुनिक उपकरणहरु र थप जनशक्ति अपरिहार्य रहेको उल्लेख गरे ।

उनले सीमा सुरक्षा समकक्षी सुरक्षा निकायहरुसँग नियमित बैठक आयोजना गरी सौहार्द्रपूर्ण सम्बन्धकासाथ समन्वय र सहकार्य गरिरहेको बताए ।

‘कुनैपनि सार्वभौम राज्यको चिनारी उक्त राज्यको सीमामा निहित हुन्छ । हामी राज्यको सीमा रक्षार्थ बोर्डर आउट लेटको स्थापना गरी कार्यसञ्चालन गरिरहेका छौं । साथै सीमा सुरक्षा समकक्षी सुरक्षा निकायहरुसँग नियमित बैठक आयोजना गरी सौहद्र्रपूर्ण सम्बन्धका साथ समन्वय र सहकार्य भइरहेको छ ।’ उनले भने ।

उनले राज्यको सीमा सुरक्षा पहराले मात्रै बलियो नहुने भन्दै सीमा क्षेत्रका नागरिकको मन र विश्वास जितेर परिचालित हुनसके मात्रै प्रभावकारी हुने बताए ।उनले सशस्त्र प्रहरीले यो वर्ष सीमा जोडिएका ६ स्थानमा २२५ जनप्रतिनिधिहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको बताए ।

उनले भने, ‘ सीमा क्षेत्रका नागरिकको मन र विश्वास जिती परिचालित हुनसके मात्रै प्रभावकारी हुन्छ भन्ने निस्कर्ष छ । यो वर्ष सीमा जोडिएका ६ स्थानमा २२५ जनप्रतिनिधिहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेका छौं ।’

अर्यालले सीमा क्षेत्रका नागरिकको हितका लागि सीमा इलाका विकास योजना अवधारणा अनुसार नविन कार्यक्रमहरु शुरुवात गरिएको बताए । उनले  उक्त कार्यक्रमलाई नेपाल सरकारबाट नीतिगत रुपमा निरन्तरताको घोषणासँगै बिओपीमार्फत सीमा इलाकामा विकासहरु काल्याणकारी कार्यहरु गर्न आवश्यक रहेको बताए ।

उनले काल्याणकारी सेवामार्फत यसैवर्ष सीमा इलाकामा बसोवास गर्ने आदीवासी,जनजाति,दलित र अल्पसंख्यक समुदायका छात्र/छात्रामध्ये सामुदायिक विद्यालयबाट एसईई परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने १५ जनालाई वार्षिक १२ हजारका दरले शैक्षिक वृद्धि र दुई जनालाई कक्षा १० सम्म निशुल्क अध्ययनको व्यवस्था गरिने बताए ।

उनले सीमा क्षेत्रका जिल्लामा बसोवास गर्ने सशस्त्र प्रहरी कर्मचारीहरुलाई वार्षिक ४ प्रतिशत ब्याजदरमा न्युनतम ५ देखि १० लाखसम्म सहुलियत आवास कर्जा उपलब्ध गराउने प्रतिवद्धता जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?