+
+

बंगबन्धु म्याराथनमा ७ नेपाली खेलाडीले प्रतिस्पर्धा गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ९ गते १९:३४

९ माघ, काठमाडौं ।  बंगलादेशको ढाकामा हुने बंगबन्धु सेख मुजिब ढाका म्याराथनमा ७ नेपाली खेलाडीले प्रतिस्पर्धा गर्ने छन् ।

नेपालबाट ३ पुरुष र ४ महिला गरी ७ खेलाडीले म्याराथन (४२.१९५ किलोमिटर) मा प्रतिस्पर्धा गर्न लागेका हुन् । म्याराथन जनवरी २६ तारिखमा हुँदैछ ।

पुरुष खेलाडीमा १३ औं दक्षिण एसियाली खेलकुद सागका स्वर्ण विजेता किरणसिंह बोगटी, खडगबहादुर खड्का र प्रकाशसिंह ऐर छन् ।

यसैगरी महिलामा ढाका म्याराथनमा गतवर्ष स्वर्ण विजेता पुष्पा भण्डारी, १३ औं सागकी स्वर्णधारी सन्तोषी श्रेष्ठ, नवौँ राष्ट्रिय खेलकुदमा म्याराथनकी विजेता विन्द्राधन्के श्रेष्ठ र सुमित्रा चौधरी छन् ।

ढाका म्याराथनको विगतका संस्करणमा पुष्पाले २ स्वर्ण र १ कांस्य तथा विन्द्राले १ कांस्य पदक जितेका छन् । प्रशिक्षकमा राकेश वज्राचार्य छन् ।

टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले मंगलबार एक कार्यक्रमबीच बिदाइ गरे । टोली बुधबार प्रस्थान गर्दै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?