+
+

युट्युब ट्रेन्डिङका १० गीत : उर्गेनको ‘तामाङ दाइ’देखि एलिनाको ‘कट्टा हान्दिन्छु’सम्म

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १० गते १३:४४

काठमाडौं । पछिल्लो १२ दिनयता उर्गेन दोङद्वारा संगीतबद्ध ‘तामाङ दाइ’ युट्युब ट्रेन्डिङको संगीत खण्डतर्फको शीर्षस्थानमा छ । सोही अवधिमा यो गीतलाई २० लाख पटक हेरिएको छ ।

रोचक के छ भने रिलिजको एकदिनमै खेम सेन्चुरी र एलिना चौहानको गीत ‘कट्टा हान्दिन्छु’ ट्रेन्डिङको तेस्रो स्थानमा छ । ओबी रायमाझीको युटयुब च्यानलमा सार्वजनिक यो गीतलाई २ लाख ४१ हजार पटक हेरिएको छ ।

तर दोस्रो स्थानमा भने विश्वचर्चित गायक जयन मलिक फिचर्ड भएको हिन्दी गीत ‘तु हे कहाँ’ छ । चौथो स्थानमा रहेको प्रमोद खरेल र सुनिल बीसीको गीत ‘तिम्रो मन बदलियो’लाई दुई लाख पटक हेरिएको छ । यो गीत दुई दिनअघि रिलिज भएको थियो ।

पाँचौं स्थानमा विद्युत जमवाल र नोरा फतेही फिचर्ड हिन्दी फिल्म ‘क्र्याक’को गीत ‘दिल झुम’ छ । छैटौं स्थानमा पनि बलिउड फिल्मको गीत स्ट्रिमिङ छ । ‘तेरी बातों मे एसा उल्झा जिया’ फिल्मको गीत ‘लाल पिली आँखे’मा शाहिद कपुर र कृति सेननले अभिनय गरेका छन् ।

सातौं स्थानमा प्रमोद खरेल र रोजिना बस्नेतको गीत ‘तिम्रो साथबिना’ छ । भ्वाइस अफ नेपाल सिजन ५ की ट्यालेन्ट रोजिनासँग खरेलले यो गीत गाएका छन् । भिडियोमा पनि यी दुई नै फिचर्ड छन् ।

नवौं स्थानमा खेम सेन्चुरी र सोनी कुँवरको ‘माया सलल’ छ । दुई साताअघि रिलिज भएको यो गीतलाई ७ लाख ६९ हजार पटक हेरिएको छ । दशौं स्थानमा सज्जनराज वैद्यको ‘मलाई छान न’ छ । यो गीतलाई अहिलेसम्म ९ लाख ४७ हजार पटक हेरिएको छ । एघारौं स्थानमा चिराग खड्काको गीत ‘स्पिड’ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?