+
+

आइफोन चोरीबाट बचाउन एप्पलले ल्यायो नयाँ फिचर

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १० गते १३:५५

एप्पलले आफ्ना आइफोन प्रयोगकर्ताहरुको आवश्यकतालाई मध्यनजर गरी अपरेटिङ सिस्टमको नयाँ अपडेट जारी गरेको छ ।

आइओएस १७.३ को उक्त अपडेटमा एउटा विशेष फिचर छ, जसको नाम हो Stolen Device Protection ।

यो फिचरको मद्दतले प्रयोगकर्ताले आफ्नो आइफोनमा सुरक्षाको अतिरिक्त तह प्राप्त गर्नेछन् जब अरु कसैले आइफोनको संवेदनशील सेटिङमा पहुँच प्राप्त गर्ने तथा परिवर्तन गर्ने कोसिस गर्दछ । जस्तै, यदि कसैले अरुको फेला पारेको आइफोनमा एप्पल कि चेनबाट संग्रहित पासवर्ड प्राप्त गर्‍यो भने उसले फोनमा फिंगरप्रिन्ट वा फेस रिकगिनसनमार्फत् आफू उक्त आइफोनको वास्तविक धनी भएको कुरा प्रमाणित गर्नुपर्ने हुन्छ । त्यसैले चोरले तपाईंको आइफोन र पासकोड प्राप्त गरेता पनि उसले फोनको सेटिङ परिवर्तन गर्न सक्दैन।

आइफोन प्रयोगकर्ता आफ्नो परिचित ठाउँबाट अन्जान ठाउँमा जाँदा यो फिचर सक्रिय हुन्छ । उदाहरणका लागि यदि तपाईं दैनिक रुपमा घरबाट कार्यालय तथा कार्यालयबाट घर जानुहुन्छ भने त्यो परिचित स्थान अर्थात् फेमिलियर लोकेसन हो ।

आइओएस १७.३ को यो फिचर त्यसबेला सक्रिय हुन्छ जब तपाईं यस्तो परिचित स्थान बाहेका ठाउँमा जानुहुन्छ । यो फिचर सक्रिय भएसँगै फोनमा डबल अथेन्टिकेसन लगायतका विभिन्न नयाँ फिचरहरु सक्रिय हुनेछन् । स्मरण रहोस् जरुरी जानकारीहरु तथा पासवर्ड आदि परिवर्तन गर्नका लागि डबल अथेन्टिकेसनको आवश्यकता पर्दछ ।

यो फिचर त्यसबेला निकै उपयोगी सावित हुनेछ जब तपाईंको स्मार्टफोन चोरी हुनेछ । यो फिचरसँगै अब तपाईंको आइफोन चोरी भयो वा हरायो भने फेला पार्ने व्यक्तिले त्यसको पासवर्ड आदि बदल्न सक्दैन । यो फिचरले आइफोनमा रहेका संवेदनशील जानकारीहरुलाई सुरक्षित राख्दछ ।

स्टोलन डिभाइस प्रोटेक्सन फिचर सक्रिय हुनुको अर्को फाइदा योपनि छ कि नयाँ लोकेसनमा बायोमेट्रिकको प्रयास एकपटक असफल भएपछि प्रयोगकर्ताले दोस्रो बायोमेट्रिकका लागि करीब एक घण्टा कुर्नुपर्ने हुन्छ ।

एप्पलले यो फिचर ल्याउनुको उद्देश्य आइफोनको चोरी हुने तथा हराउने समस्याबाट बँचाउनु हो ।

कसरी सक्रिय बनाउने यो फिचर ?

आइफोनमा आइओएस १७.३ अपरेटिंग सिस्टम अपडेट गरेपछि प्रयोगकर्ताले यो फिचर सक्रिय बनाउन सक्दछन् । यसका लागि Settings app  मा जाने । त्यसपछि Face ID & Passcode मा स्क्रोलडाउन गरी Stolen Device Protection लाई स्वीचअन गर्नुपर्दछ । यो फिचर आइओएस १७.३ र त्यसपछिका संस्करणमा मात्रै उपलब्ध हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?