+
+

‘हात्तीछाप’ ट्रेलर : कमेडी, मित्रता र प्रेमको कथा

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १० गते १६:३७

काठमाडौं । माघ २६ गतेदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘हात्तीछाप’को ट्रेलर सार्वजनिक भएको छ । सिमोस सुनुवार निर्देशित फिल्मको ट्रेलरमा कमेडी, मित्रता, प्रेम र सामाजिक कथावस्तु चित्रण गरिएको छ ।

फिल्ममा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, बेनिशा हमाल, बुद्धि तामाङ, विजय बराल, कमलमणि नेपाल, पुष्कर गुरुङ, कविता आले, विल्सनविक्रम राई, विनोद न्यौपाने, भोलाराज सापकोटा, सुष्मा निरौला, रेयर राई, विशाल पहारी, सविन बास्तोला लगायतको अभिनय छ । बेनिशा हमालको केमियो रोल छ ।

किरण नेपालीको प्रस्तुति रहेको ‘हात्तीछाप’मा प्रदीप भारद्वाजको पटकथा, सुशन प्रजापतिको छायांकन, देव महर्जनको एक्सन, आर्टमान्डुको संगीत र रामजी लामिछानेको नृत्य छ ।

पुष्कर गुरुङ, अमलादेवी राई र जय श्रेष्ठ निर्माता रहेको फिल्मका कार्यकारी निर्माता सरोज नेपाली हुन् । रेड बर्ड प्रोडक्सनको ब्यानरमा फिल्म निर्माण भएको हो ।

ट्रेलरमा भूकम्प र राजनीतिको सन्दर्भलाई कथाको रुप दिइएको छ । अभिनेता सौगात मल्लको ‘बोत्तल राजा’को गेटअपले दर्शकलाई मनोरञ्जन प्रदान गर्ने देखिन्छ । फिल्ममा दयाहाङ र उपासनाको पात्रबीच जोडी बाँधिएको छ ।

यो फिल्मका प्रस्तुतकर्ता नेपालीले तीनै कलाकारलाई लिएर फिल्म ‘दुई नम्बरी’ बनाएका थिए । फिल्म ‘हात्तीछाप’ले पनि बक्स अफिसमा सुखद कमाइ गर्ने निर्माताको अपेक्षा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?