+
+

धनगढीका मेयरले गरेनन् राष्ट्रियसभा चुनावमा मतदान

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ११ गते १५:५२

११ माघ, धनगढी । सुदूरपश्चिम प्रदेशमा राष्ट्रिय सभा निर्वाचनको मतदान सकिएको छ । धनगढीस्थित प्रदेशसभा सचिवालयमा बिहान ९ बजे सुरु भएको मतदान दिउँसो ३ बजे सकिएको हो ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रदेशसभा सदस्य सबै ५२ जनाले मतदान गरेका छन् । स्थानीय तहका प्रमुख र उपप्रमुख गरी १७५ जनामध्ये १७३ जनाले मतदान गरेका छन् ।

सहायक निर्वाचन अधिकृत प्रेमराज भट्टले ४ बजेदेखि मतगणना गरिने बताए ।

धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल र भजनी नगरपालिकाका उपमेयर राजु तिरूवाले मतदान नगरेका हुन् । मेयर हमाल स्वतन्त्र उम्मेदवारका रुपमा मेयर निर्वाचित भएका थिए । तिरूवा भने नागरिक उन्मुक्ति पार्टीबाट निर्वाचित भएका थिए ।

उनी बिरामी भएका कारण मतदानमा सहभागी नभएको उनको पार्टीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?