+

नेपालले यू–१९ विश्वकपमा पहिलो पटक अफगानिस्तानसँग खेल्दै

२०८० माघ  ११ गते १९:०३ २०८० माघ ११ गते १९:०३
नेपालले यू–१९ विश्वकपमा पहिलो पटक अफगानिस्तानसँग खेल्दै

११ माघ, काठमाडौं । नेपालले आईसीसी यू–१९ विश्वकप २०२४ मा आफ्नो समूह चरणको अन्तिम खेल शुक्रबार अफगानिस्तानसँग खेल्दैछ ।

नेपाल र अफगानिस्तानबीचको खेल दिउँसो १:४५ मा बफेलो पार्क इस्ट लन्डनमा सुरु हुनेछ ।

नेपाल र अफगानिस्तानबीचको विजेता टोली सुपर सिक्समा पुग्नेछ । नेपाल न्युजिल्यान्डसँग ६५ रन र पाकिस्तानसँग ५ विकेटले पराजित भएको थियो ।

अफगानिस्तान पाकिस्तानसँग १८१ र न्युजिल्यान्डसँग १ विकेटले पराजित भएको थियो ।

दक्षिण एसियाका दुई चर्चित यू–१९ टोली नेपाल र अफगानिस्तानले हालसम्म विश्वकपमा भने प्रतिस्पर्धा गरेका छैनन् । त्यसैले शुक्रबार यी दुई टोलीबीच यू–१९ विश्वकपमा पहिलो पटक भेट हुनेछ ।

अफगानिस्तानले २०१० देखि लगातार यू–१९ विश्वकप खेल्दै आएको छ । नेपालले २००० देखिख सुरु गरेको थियो । २००८ सम्म यू-१९ विश्वकप खेले पनि अफगानिस्तानको आगमनसँग नेपाल विश्वकपमा स्थान बनाउन सकेको थिएन । २००८ पछि नेपालले २०१२ र २०१६ मा यू-१९ विश्वकप खेलेको थियो ।

१. नेपाल ७३ रनले पराजित (यू–१९ एसिया कप २०२३)

अफगानिस्तान २६१ रनमा अल आउट

नेपाल १८८ रनमा अल आउट ।

२. नेपाल ३ विकेटले पराजित (यू–१९ एसिया कप २०१८ )

नेपाल १३१ रनमा अल आउट ।

अफगानिस्तान ३७.३ ओभरमा १३६–७ ।

३. नेपाल ७ विकेटले पराजित – (यू–१९ एसिया कप २०१७)  

नेपाल १०३ रनमा अल आउट

अफगानिस्तान २०.३ १०८–३

४. नेपाल ९६ रनले पराजित – (यू–१९ विश्वकप एसिया क्षेत्र छनोट २०१७)

अफगानिस्तान १९५ अल आउट

नेपाल ४०.३ ओभर ९९ रनमा अल आउट ।

नेपाल भर्सेस अफगानिस्तान यू-१९ विश्वकप

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय