+
+

योर्गन क्लोपले लिभरपुल छाड्ने

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १२ गते १७:२८

१२ माघ, काठमाडौं । लिभरपुलका प्रशिक्षक योर्गन क्लोपले सिजनको अन्त्यबाट क्लब छाड्ने भएका छन् ।

सन् २०१५ मा लिभरपुलको प्रशिक्षक नियुक्त भएका उनको सम्झौता सन् २०२६ सम्म थियो । तर २ वर्षअघि नै क्लब छाड्न लागेका उनले यसबारेमा क्लबलाई बताइसकेको जानकारी दिए ।

उनले सन् २०१९-२० मा लिभरपुललाई ३० वर्षमा पहिलो लिग उपाधि दिलाउनु अघि २०१९ को च्याम्पियन्स लिग जितेका थिए ।

‘म बुझ्न सक्छु कि यो यस क्षणमा धेरै मानिसहरूको लागि झटका हो, जब तपाईँ यो पहिलो पटक सुन्नुहुन्छ, तर स्पष्ट रूपमा म यसलाई व्याख्या गर्न सक्छु वा कम्तिमा यसलाई व्याख्या गर्ने प्रयास गर्छु,’ ५६ वर्षीय जर्मन नागरिकले भने ।

आफूलाई लिभरपुलको सबै कुरा मन परेको बताउँदै उनले क्लब छाड्ने निर्णय आफूले लिनु पर्ने एउटा महत्वपूर्ण निर्णय भएको बताए ।

उनले भने, ‘मलाई यो क्लबको बारेमा सबै कुरा मनपर्छ, मलाई शहरको बारेमा सबै कुरा मनपर्छ, मलाई हाम्रा समर्थकहरूको बारेमा सबै कुरा मनपर्छ, म टोलीलाई माया गर्छु, म स्टाफलाई माया गर्छु। मलाई सबै कुरा मनपर्छ,’ उनले भने, ‘तर पनि मैंले यो निर्णय लिनुलेऽ यो मैले लिनु पर्ने एउटा  निर्णय हो भन्ने पुष्टि हुन्छ ।’

लिभरपुल आउनुअघि उनले ७ वर्ष जर्मन क्लब बोरुसिया डर्टमुण्डलाई प्रशिक्षण दिएका थिए ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?