+
+

लिभरपुल छाड्ने क्लोपको स्तब्धपूर्ण निर्णय 

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १२ गते २१:४५

१२ माघ, काठमाडौं । योर्गन क्लोपले शुक्रबार विश्व फुटबललाई स्तब्ध बनाएका छन्, सिजनको अन्त्यमा लिभरपुल छाड्ने घोषणा गर्दै ।

यी फुटबल व्यवस्थापकले लिभरपुललाई इंग्लिस प्रिमियर लिगको उपाधि मात्र दिलाएनन्, सन् २०१५ मा युरोपेली च्याम्पियन्स लिगको उपाधि पनि जिताए । आफूले क्लब छाड्ने निर्णय सुनाउने क्रममा उनले भनेका छन्, ‘तागत नै सकियो ।’

उनले भनाइ रहेको छ, ‘म यो सिजनको अन्त्यसँग क्लब छाड्दै छु । मलाई थाहा छ, यो निर्णय पहिलो पल्ट सुन्दा धेरैलाई स्तब्ध बनाउने छ । तर यस पछाडिको कारण म बताउन सक्छु, कम्तीमा बताउने प्रयास गर्ने छु । मलाई यो क्लबको सबथोक मन पर्छ । मलाई यस क्लबका समर्थनको सबथोक मन पर्छ । मलाई टिम पनि उत्तिकै मन पर्छ । मलाई कर्मचारी पनि मन पर्छ । खासमा मलाई सबथोक मन पर्छ । तर पनि म यो निर्णयमा पुगें ।’

‘यसले पनि देखाउँछ, मैले यो निर्णय किन लिनु परेको हो भनेर । म कसरी भनौं, मेरो तागत नै सकिंदै छ,’ उनले थपेका छन् ।

लिभरपुलमा क्लोपको हैसियत नायकका रूपमा रहेको छ । उनी आएयता लिभरपुलले ३० वर्षको अन्तरमा पहिलो पटक माथिल्लो डिभिजनको लिग उपाधि जितेको थियो । सन् २०२० मा लिभरपुलले यो सफलता चुमेको हो ।

यसैक्रममा लिभरपुल फेरि एकपल्ट युरोपेली फुटबलको शक्ति बनेको थियो ।

क्लोपको यो निर्णयलाई आश्चर्यजन मानिएको छ, किनभने यसै सिजनका लागि भनेर टिम पुनर्निर्माण गरेको छ ।

यसै क्रममा टिमको प्रदर्शन पनि उच्च रहेको छ र प्रिमियर लिगको अंक तालिकाको शीर्ष स्थानमा छ । यो सिजन चार उपाधि जित्न सक्ने सम्भावनाबाट गुज्रिरहेको लिभरपुल बुधबार मात्रै इंग्लिस लिगकपको फाइनल पुग्न सफल भएको थियो ।

लिभरपुलको युरोपाकप र एफए कपमा पनि चुनौती बाँकी छ । क्लबबाट अलग हुने घोषणा गरेपछि टिमको लक्ष्यप्रति भने आफ्नो सटिक दृष्टि रहेको पनि उनले बताएका छन् ।

उनले भनेका छन्, ‘हामी उपाधिका लागि लड्नै नै हो । विरोधीले हामीलाई व्यवधान पुर्‍याउन चाहन्छन् । तर हामी लिभरपुल हौं । यसैलाई शक्ति बनाऔं । यो निकै राम्रो उपाय पनि हो । यो सिजनलाई उत्कृष्ट बनाऔं र भविष्यलाई सम्भनालायक बनाऔं ।’

लिभरपुलले पनि क्लोपले छाड्दै गरेको पुष्टि गरेका छन् । क्लबका अनुसार क्लोपका सहयोगीले पनि क्लब छाड्ने छन् । उनको यो निर्णयपछि अब लिभरपुलका नयाँ व्यवस्थापक को हुने भनेर पनि चर्चा सुरु भइसकेको छ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?