+
+

यसरी भएको थियो प्रहरी र अध्यागमन कर्मचारीबीच कुटाकुट (भिडियो)

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १२ गते २१:५८

१२ माघ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन अधिकृत र प्रहरीबीच भएको विवादको क्लोज सर्किट (सीसी) क्यामराको फुटेज अनलाइनखबरले फेला पारेको छ ।

शुक्रबार मध्याह्न १२ः०५ बजे अध्यागमन अधिकृत छायाँलाल मोक्तान विमानस्थलको अराइभलबाट डिपार्चरतिर गएका थिए । मेटल डिटेक्टर भएको स्थानमा उनलाई चेकजाँच गर्ने क्रममा विवाद भएको भिडियोमा देखिन्छ ।

‘वाक थ्रु गेट’ पार गरिसकेका मोक्तानले आफू अध्यागमन अधिकृत भएको र मेटल पनि नभएकाले किन चेकजाँच गरेको भनेर प्रश्न गर्छन् । प्रहरी जवान अझै जाँच गर्ने प्रयास गरिरहन्छन्, त्यहीबीच विवाद हुँदा भनाभन र धकेलाधकेल भएको देखिन्छ ।

त्यसपछि ड्यूटीमा खटिएका प्रहरीका असई आएर कुटपिट गरेको फुटेजमा देखिएको छ ।

हेर्नुस् पूरा भिडियो :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?