+
+

जोसुकैले एसिड पाउने अवस्था अन्त्य गर्नुपर्छ : ओली

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १४ गते १६:३७

१३ माघ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जो कोहीले पनि सजिलै एसिड पाउन सक्ने अवस्था रोक्नुपर्ने बताएका छन् ।

एसिड (तेजाब) आक्रमणबाट पीडित किशोरी र महिलाहरूका पीडा र जीवन कथालाई समेटर निर्माण हुने चलचित्र ‘नमेटिने घाउ’को घोषणा कार्यक्रममा उनले प्रशासनिक सजगताविना एसिड पाउन नसक्ने बनाउनुपर्ने बताएका हुन् ।

‘यो प्रशासनिक सजगताबिना एसिडको उपलब्धता नै हुनु हुँदैन । कसले एसिड किनेको हो, के प्रयोजनका लागि किनेको हो, कुन मात्रामा किनेको हो र त्यसपछि त्यति मात्रा प्रयोग भयो कि भएन, त्यसको बाँकी अंश छ भने त्यो फिर्ता गर्नेसम्मका प्रबन्ध कडाइ र व्यवस्थित गरेर मात्रै एसिड बिक्री वितरण गर्ने वा एसिडको आवश्यकता पर्नेहरुलाई मात्रै उपलब्ध गराउने त्यो खालको परिपाटी विकास गर्नैपर्छ’, उनले भने ।

पूर्वप्रधानमन्त्री ओलीले एसिड कसरी, कहाँ र कति प्रयोग भयो भन्ने रिपोर्ट पनि प्रशासनले दिनुपर्ने बताए ।

अध्यक्ष ओलीले एसिड आक्रमणकारीलाई मृत्युदण्ड नै दिनुपर्छ भन्ने पक्षमा भने आफू नरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?