+
+

स्वर्गद्वारी, रेसुङ्गा र सुपादेउराली जोड्न सार्वजनिक यातायात चलाउने तयारी

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १८ गते १३:५६

१८ माघ, काठमाडौं । पश्चिम नेपालका तीन प्रमुख धार्मिक गन्तव्य प्युठान स्वर्गद्वारी, गुल्मी रेसुङ्गा र अर्घाखाँची सुपादेउराली जोड्ने गरी सार्वजनिक यातायात चलाउने तयारी गरिएको छ ।

अर्घाखाँची सुपादेउरालीबाट झिमरुक गाउँपालिका, प्युठान मच्छी हुँदै स्वर्गद्वारी तीर्थस्थलसम्म र गुल्मी तमघासबाट झिमरुक गाउँपालिका, प्युठान मच्छी हुँदै स्वर्गद्वारीसम्म नियमित यातायात सेवा सञ्चालन गर्ने उद्देश्यले प्युठान झिमरुक गाउँपालिकाले पहल थालेको छ ।

यसका लागि गाउँपालिकाले शुक्रबार छलफलका लागि बोलाएको छ । गाउँपालिकाले प्युठानको गौमुखी बस यातायात व्यवसायी प्रालि, अर्घाखाँचीको देउराली यातायात प्रालि र गुल्मीको गुल्मी यातायात प्रालिसँग समन्वय गरी सार्वजनिक यातायात चलाउने तयारी गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?