+
+

सुदूरपश्चिम सरकारले लगानी सम्मेलनको मिति सार्‍यो

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १८ गते १७:५४

१८ माघ, धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले गर्ने लगानी सम्मेलनको मिति सारेको छ । प्रदेश सरकारले अगामी फागुन २३ र २४ गते धनगढीमा आयोजना गर्ने ‘लगानी तथा विकास सम्मेलन’ अर्को वर्ष गर्नेगरि सारिएको हो ।

लगानी तथा विकास सम्मेलन कार्यकारी समितिका संयोजक समेत रहेका आर्थिक मामिला मन्त्री नरेशकुमार शाहीले १२ माघमा बसेको मन्त्रिपरिषद्को बैठकले अगामी असोज २१ र २२ गते गर्नेगरि सम्मेलनको मिति सारिएको जानकारी दिए ।

लगानी तथा विकास सम्मेलन आयोजना गर्न आवश्यक तयारी नपुगेका कारण सार्ने निर्णय भएको मन्त्री शाहीले बताए ।

प्रदेश सरकारले सुदूरपश्चिममा लगानी भित्र्याउन र लगानीमैत्री वातावरण बनाउने भन्दै मुख्यमन्त्री कमलबहादुर शाहको संयोजकत्वमा मूल आयोजक समिति गठन गर्दै लगानी सम्मेलनको तयारी अघि बढाएको थियो ।

कार्यकारी समितिले सम्मेलनका लागि ५६ वटा परियोजनाको परिचान गरेको समेत जनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?