+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

अख्तियारलाई दोहोर्‍याएर अनुसन्धान गर्न विशेष अदालतको आदेश

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १८ गते २०:२७

१८ माघ, काठमाडौं । विशेष अदालतले सार्वजनिक जग्गा मिचिएको रुपन्देहीको एक घटनामा अपुरो अभियोगपत्र दायर गरेको भन्दै फेरि अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशनात्मक आदेश दिएको छ ।

रुपन्देहीको खड्का बनगाई–४ स्थित सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता भएको घटनामा विशेष अदालतले संलग्नहरुलाई दोषी ठहर गरेको छ । साथसाथै, निर्णयमा संलग्नहरुलाई मुद्दा नचलाइएको भन्दै अख्तियारको ध्यानाकर्षण गराएको हो ।

विशेष अदालतले विहीबार गरेको फैसलाको न्यायिक टिप्पणीमा भनिएको छ, ‘निवेदन मागदावी विना सरकारी जग्गा व्यक्तिको नाममा कायम गर्ने निर्णयमा संलग्न पदाधिकारीहरुका सम्बन्धमा अनुसन्धान भएको नपाइएकाले सो तर्फ पुनः जाँचबुझ गरी आवश्यक कारवाही अघि बढाउनू भनी आयोगलाई निर्देशनात्मक आदेश जारी भएको ।’

सरकारी जग्गा व्यक्तिको नाममा दर्ता भएको घटनामा विशेष अदालतले नापी कार्यालय, रुपन्देहीका नापी अधिकृत घनश्याम दुवे र सर्वेक्षक रामराज यादवलाई दोषी ठहर गरेको हो । अध्यक्ष टेकनारायण कुँवर र सदस्यहरु तेजनारायण सिंह र मुरारीबाबु श्रेष्ठको इजलासले उनीहरुलाई ३ महिना कैद र ३ लाख २७ हजार रुपैंयाका दर विगो अनि जरिवाना तोकेको हो ।

विशेष अदालतले आफ्नो नाममा जग्गा लिने मुना पासिनलाई ३ लाख २७ हजार जरिवाना, ३ महिना कैद सजाय सुनाउदै ३ रोपनी ११ आना जग्गा सरकारको नाममा फिर्ता गराउने निर्णय गरेको हो । गत सोमबार मात्रै विशेष अदालतले ललितपुरको कर्मनशा खोलाको जग्गा हाउजिङमा सारिएको घटनाको मुद्दामा पनि यस्तै आदेश दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?