+
+

काठमाडौं रेडक्रस र कीर्तिपुर नगरपालिकाले सडक सुरक्षा कार्यक्रम चलाउने

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १९ गते १८:४५

१९ माघ, काठमाडौं । नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखा र कीर्तिपुर नगरपालिका कार्यालयबीच १० विद्यालयमा ‘नयाँ पुस्ताका लागि सडक सुरक्षा कार्यक्रम’ सञ्चालन गर्न समझदारी भएको छ ।

समझदारीपत्रमा रेडक्रस शाखाका सभापति श्यामकाजी डोटेल र नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद बास्कोटाले हस्ताक्षर गरेका छन् ।

आगामी २०८१ असार मसान्तमा सक्ने गरी सुरु भएको उक्त कार्यक्रमको कुल लागत ८ लाख ८७ हजार रहेको नगरपालिकाले जनाएको छ । जसमध्ये ५ लाख कीर्तिपुर नगरपालिका र बाँकी ३ लाख ८७ हजार रेडक्रसले बेहोर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?