+
+
Shares

लुडो खेलेको आरोपमा पोखरामा ५ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २१ गते १९:२७

२१ माघ, पोखेरा । जिल्ला प्रहरी कार्यालय कास्कीले शनिबार लुडो खेलेको आरोपमा ५ जनालाई पक्राउ गरेको छ । उनीहरुबाट ७२ हजार रुपौयाँसमेत जफत गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा पोखरा ११ फूलबारीका ३२ वर्षीय प्रदीपबहादुर गुरुङ, सोही ठाउँका ३० वर्षीय सुनिल सारु मगर, ४५ वर्षीय धनश्री पुन, ४८ वर्षीय किसान पुन र पोखरा ६ का ३९ वर्षीय विकास पुन छन् ।

उनीहरुलाई पोखरा ११, धरहरा मार्गबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी श्रवणकुमार विकले जानकारी दिए । उनीहरुबाट एउटा लुडो खेल्न प्रयोग हुने बोर्ड, विभिन्न रङका १६ वटा गोटीलगायत नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका ५ जनाविरुद्ध सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसुरसम्बन्धी मुद्दामा ५ दिनको म्याद थपेर अनुसन्धान अगाडि बढाइएको डीएसपी विकले जानकारी दिए ।

त्यस्तै, शनिबार नै प्रहरीले पोखरा १२ अमरसिंहबाट जुवा खेलिरहेको अवस्थामा थप ७ जनालाई पक्राउ गरेको छ । अमरसिंहमा बस्ने नरबहादुर गुरुङको कोठामा जुवा खेलिरहेको गोप्य सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको डीएसपी विकले बताए ।

उनका अनुसार पक्राउ पर्नेमा पोखरा १२ का ६५ वर्षीय नरबहादुर गुरुङ, ६७ वर्षीय बलराम थापा, ४४ वर्षीय भीमबहादुर मगर, ५३ वर्षीया कृष्णकुमारी विक, ५२ वर्षीय सोमबहादुर तामाङ, ४९ वर्षीय जसबहादुर गुरुङ र ५० वर्षीया मीना गुरुङ छिन् ।

उनीहरुकोे साथबाट २ सय १२ पत्ती ताससहित ६४ हजार रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ । उनीहरुलाई पनि सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसुरसम्बन्धी मुद्दामा ५ दिनको म्याद थपेर अनुसन्धान अगाडि बढाइएको डीएसपी विकले जानकारी दिए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?