+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

सिंहदरबारमा राष्ट्रिय समन्वय परिषद्को बैठक बस्दै

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २४ गते ९:४९

२४ माघ, काठमाडौं । तीन तहका सरकारबीच अन्तरसम्बन्ध स्थापित गराउने राष्ट्रिय समन्वय परिषद्को दोस्रो बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने छ ।

प्रधानमन्त्रीको अध्यक्षतामा बस्ने बैठकमा सातै प्रदेशका मुख्यमन्त्री, मुख्यसचिव, योजना आयोगका प्रतिनिधि, मन्त्रालयका सचिवहरु तथा नगरपालिका संघ, गाउँपालिका महासंघका प्रतिनिधिहरु सहभागी हुनेछन् ।

बैठकमा गत असारमा पोखरामा बसेको परिषदको पहिलो बैठकका निर्णयको समीक्षा र कार्यविस्तृतीकरणलाई अन्तिम रुप दिने विषयमा छलफल हुने छ । पोखरा बैठकले संघीयता कार्यान्वयनको क्रममा संघ, प्रदेश र स्थानीय तहबीच देखिएका क्षेत्राधिकारका विवाद लगायतका समस्या ६ महिनाभित्र हटाउने लगायतका निर्णय गरेको थियो ।

सरकारले पूर्वमुख्य सचिव सोमलाल सुवेदीको नेतृत्वमा कार्यविस्तृतीकरण प्रतिवेदन तयार पारेको छ । सो प्रतिवेदनमा अघिल्लो हप्ता प्रधानमन्त्री प्रचण्डसहित छलफल समेत भएको थियो । आज त्यसलाई अन्तिम रुप दिने प्रयास हुने छ । ‘संघ, प्रदेश र स्थानीय तहका अधिकार क्षेत्र संविधानमा उल्लेख भए पनि कतिपय अस्पष्ट विषयलाई कार्यविस्तृतीकरणले थप स्पष्ट पार्छ,’ प्रधानमन्त्री प्रचण्डको सचिवालयका एक सदस्य गोकर्णप्रसाद भट्टले भने, ‘सम्भवतः आजको बैठकबाट कार्यविस्तृतीकरणलाई अन्तिम रुप दिने काम हुनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?