+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

बाँदरले दुःख दिएको भन्दै सिन्धुपाल्चोकको त्रिपुरासुन्दरीमा पनि रुख काट्ने निर्णय

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २४ गते १२:१७

२४ माघ, काठमाडौं । सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिकाको वडा नम्बर ३ ले पनि बाँदरबाट बालीनाली जोगाउन रुख र झाडी काट्ने निर्णय गरेको छ । वडा अध्यक्ष शिव कुमार कार्कीले सूचना जारी गरी फागुन महिनाभित्र रुख काटी झाडी सुधार गर्न आह्वान गरेका छन् ।

‘यस त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ३ को सबै बस्तीमा बाँदरलगायत वन्यजीव जनावलरले कृषि बालीनाली सखाप पारेकाले आफ्नो निजी जग्गामा भएको रुख काटी झाडी सुधार गरी बाँदर लगायत जंगली जीव जनावरको बासस्थान नष्ट गर्नुपर्ने भएकोले यही फागुन महिनाभित्र रुख काटी झाडी सुधार गर्न अनुरोध गर्दछु,’ वडा अध्क्ष कार्कीले जारी गरेको सूचनामा उल्लेख छ ।

उनले यो काममा सहयोग गरिदिन सबै टोल विकास समिति, वन उपभोक्ता समिति, जनप्रतिनिधि र समाजसेवीहरुलाई अनुरोध समेत गरेका छन् ।

यसअघि पोखरा महानगरपालिकाको वडा नम्बर १९ ले पनि बाँदरले दुःख दिएको भन्दै रुख काट्ने निर्णय गरेको थियो । त्यसको आलोचना भएपछि उक्त वडा पछि हटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?