+
+

कप्तान पौडेलले लिए तेस्रो विकेट

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २५ गते १५:०७

२५ माघ, काठमाडौं । क्यानडाविरुद्ध नेपालका कप्तान रोहितकुमार पौडेलले तेस्रो विकेट लिएका छन् ।

पौडेलले पर्गात सिंहलाई ललितनारायण राजवंशीबाट क्याच आउट गराए । सिंहले अर्धशतक बनाएका थिए ।

यो विकेटसँगै क्यानडाको ठूलो साझेदारी समेत तोडिएको छ । निकोलस किर्तनसँग सिंहले ७८ रनको साझेदारी गरे ।

२२४ रनको लक्ष्य पछ्याएको क्यानडाले २१ ओभर सकिदा ३ विकेटको क्षतिमा १२३ रन बनाएको छ ।

यसअघि सोमपाल कामीले आरोन जोनसनलाई २० रनमा एलबीडब्ल्यू आउट गरेका थिए ।

त्यसअघि रिजन ढकालले आफ्नो करिअरको पाँचौं बलमा अन्तर्राष्ट्रिय पहिलो विकेट लिए । उनले नवनित दलिवाललाई व्यक्तिगत ६ रनमा आउट गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?