+
+

घडियाल काव्य उत्सवको तेस्रो संस्करण हुँदै

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २५ गते १६:३३

काठमाडौं । घडियाल काव्य उत्सवको तेस्रो संस्करण माघ अन्तिम साता हुने भएको छ । आयोजित पत्रकार सम्मेलनमा काव्यमार्फत प्रकृति संरक्षणको मुद्दालाई बुलन्द पार्ने उद्देश्यले नवलपरासी पूर्वको देवचुलीमा माघ २८ र २९ गते उत्सव हुन लागेको जानकारी दिइयो ।

उत्सवबाट लोपोन्मुख घडियाल गोही र प्रकृतिको संरक्षणमा टेवा पुग्ने विश्वास आयोजकले लिएको छ । पर्यटकीय गन्तव्य देवचुलीमा रहेको शाश्वत धाममा उत्सव हुन लागेको हो ।

उत्सवमा संरक्षण शिक्षा, वातावरण संरक्षण, दिगो पर्यापर्यटन, जैविक विविधता, चरा–नदी पर्यटन, प्राकृतिक र साहित्यका विषयमा विभिन्न वक्तासँग प्यानल छलफल समेत गरिने कार्यक्रम संयोजक आयोजक संस्था ह्याप्पी एफएमका प्रबन्ध निर्देशक दीपेश कडरियाले जानकारी दिए ।

उत्सवमा नवलपुरमा पर्यटन : हिजो, आज र भोलि, पृथ्वीका अन्तिम डायनोसर : घडियाल, अबको विकास : मनस्थिति र परिस्थिति, आँगनीमा लिट्–नेचर, प्रकृति, पर्यटन र साहित्य, मौलाकालिकादेखि त्रिवेणी : सानो जिल्लाको विराटता, सिने पर्यटन : नवलपरासीदेखि नवलपुरसम्म लगायतका सत्रसँगै गोलमेच पालिका बहस तथा मध्यनेपालका साहित्यकारको काव्य वाचन रहने जानकारी गराइयो ।

उक्त अवसरमा ह्याप्पी संरक्षण पत्रकारिता पुरस्कार २०८० पनि दिइने भएको छ । जिल्लामा रहेर प्रकृति संरक्षणका विषयमा कलम चलाउने एकजना पत्रकारलाई पुरस्कार वितरण गरिने संयोजक कडरियाले बताए । २०७५ सालबाट घडियाल काव्य उत्सव सुरु हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?