+
+

दाङबाट काठमाडौं जाँदै गरेको बस लमहीमा दुर्घटना

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २५ गते २२:३२
Photo Credit : Shivu Khanal

२५ माघ, दाङ । दाङको लमही नगरपालिका वडा नम्बर ६ कुलमोहर नजिक यात्रु बस दुर्घटनामा परेको छ ।

दाङको तुलसीपुरबाट काठमाडौं जाँदै गरेको रा १ ख ३१३२ नम्बरको रात्रिबस बिहीबार बेलुकी करिब नौ बजेतिर अनियन्त्रित भई सडक किनारमा पल्टिएको हो ।

बसका यात्रु सबै सकुशल रहेको इलाका प्रहरी कार्यालय लमहीले जनाएको छ । बसमा ३६ जना यात्रुहरू थिए । रातिको समयमा बस दुर्घटनामा परेपछि यात्रुहरु अलपत्र परेका छन् ।

घटनास्थलमा सशस्त्र प्रहरी बल नेपाल नं. ४१ रिजर्भ गण अर्जुनखाेला, वडा प्रहरी कार्यालय लमही र अस्थायी ट्राफिक पाेष्ट लमहीबाट  सुरक्षाकर्मीहरु उद्धारमा खटिएका छन् ।

गत पुस २७ गते दाङकै भालुबाङमा रात्रि बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?