+
+

एसीसी वुमन्स प्रिमियर कप : हङकङविरुद्ध नेपाल टस जितेर फिल्डङ गर्दै

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २७ गते ७:२७

२७ माघ, काठमाडौं । नेपालले एसीसी वुमन्स प्रिमियर कप-२०२४ को पहिलो खेलमा हङकङविरुद्ध टस जितेर फिल्डिङ गर्दैछ ।

मलेसियाको सेलांगुर टर्फ क्लबमा नेपालकी कप्तान इन्दु बर्माले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएकी हुन् । नेपालको प्लेइङ ११ मा डली भट्ट र कविता कुँवर फर्किएका छन् ।

नेपालको समूह डी मा हङकङ, भुटान र माल्दिभ्स छन् । प्रतियोगितामा भने नेपालसहित १६ देशको सहभागीता छ । हरेक समूहका शीर्ष दुई टोली क्वाटरफाइनलमा पुग्नेछन् ।

सेमिफाइनल हुँदै फाइनल खेल्ने दुई टोलीले यसै वर्ष हुने वुमन्स एसिया कप खेल्न पाउनेछन् । सेमिफाइनल पुग्ने चार टोलीले एसीसी इमर्जिङ टिम्स एसिया कप २०२५ खेल्न पाउनेछन् ।

नेपालको प्लेइङ ११

अप्सरी बेगम, डली भट्ट, इन्दु बर्मा (कप्तान), कविता जोशी, कविता कुँवर, काजोल श्रेष्ठ, रुविना क्षेत्री, सीता रानामगर, सम्झना खड्का, पुजा महतो र रोमा थापा ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?